काठमाडौँ । रवि लामिछानेले असार ७ गते पार्टी स्थापना दिवसको अवसर पारेर भैरहवा कारागारबाट पत्र लेखेको पत्रलाई लिएर राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले टिप्पणी गरेका छन्। उनले रवी लामेछानेलाई कानूनी प्रक्रियामा अनावश्यक दुख दिइएको छ । राज्य प्रतिशोधपूर्ण भएको कुरा आफले पहिल्यैदेखि भन्दै आएकै पनि बताएकाछन । मिश्रले बिशेषगरि रबि लामिछानेले २०४६ सालपछि स्थापित राजनीतिक व्यवस्थामाथि कडा आलोचना गर्दै विगत ‘३६ वर्ष’को अवस्था प्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफनो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन रवि लामिछानेले कारागारबाट लेखेको पत्रमा धेरैले याद नगरेका ४ महत्वपूर्ण बुँदा छन ।
उनी लेख्छन उनले १ नम्बरमा पत्रमा गत ’३६ वर्ष’ को कटू आलोचना गरेका छन्। त्यो भनेको २०४६ सालपछिको अवस्था हो। २ नम्बरमा पत्रमा ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ हुनु पर्छ भनेका छन्। ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति’ भनेका छैनन्। , यसैगरि ३ पत्रमा ‘प्रदेशसभा खारेज हुनुपर्छ’ भनेका छन्। त्यो भनेको नेपालको वर्तमान परिप्रेक्ष्यमा ‘संघियता खारेजी’ हो भनेर बुझे हुन्छ। र उनले पत्रमा ‘संविधान संशोधन होइन, पुनर्लेखन’ हुनुपर्छ भनेका छन्। पुनर्लेखनको अर्थ गहिरो हुन्छ। भ्नेका छन । र अन्त्यमा भेनका छन दूरगामी महत्व राख्ने चार बुँदालाई सँगै राखेर विश्लेषण गर्ने जिम्मा पाठकहरूमाझ छाडेको छु । रबि लामिछानेले पत्रमा लेखेका थिए संसदीय अस्थिरताबाट देशलाई मुक्त गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्छ। प्रदेशसभा खारेज हुनुपर्छ।
राष्ट्रियसभालाई चुनाव हारेका नेता र आफन्त होइन, विद्वानहरुको सभा बनाउनुपर्छ। नेताहरुले खेलौना र भर्तीकेन्द्र बनाएका सबै संवैधानिक अंगहरुको एकसाथ पुनर्संरचना गर्नुपर्छ। विश्वविद्यालयहरूबाट यिनको पार्टीको ब्यानर र होर्डिङ बोर्ड र्हुर्याउनुपर्छ। दलैपिछेका भ्रातृ संगठनलाई पूर्णरुपमा खारेज गर्नुपर्छ। राजनीति सफा गरेर र दोस्रो चरणको आर्थिक सुधारको कार्यक्रम ल्याएर युवा रोजगारी, लगानी र उद्यमशीलतामा फड्को मार्नुपर्छ। त्यसका लागि सडक भने सडकबाट, मतपत्र भने मतपत्रबाट शान्तिपूर्ण क्रान्तिका लागि देश तयार हुनुपर्छ। महाकाली वा अरु सन्धिका नाममा देशै बेचेर खाएकाहरु ढुक्कले सिंहदरबार छिरेका छन्, तिनलाई मुद्दा छैन। नक्कली भुटानी शरणार्थी वा भिजिट भिसाका नाममा जनता बेचेर खाएकाहरु संसदमा शेर÷सायरी सुनाइरहेका छन्। तिनलाई अनुसन्धानको डर छैन। सिंगै ललिता निवास र गिरिबन्धु निलेकाहरु डकार्न पनि नडकारी सुखी नेपालीको उपदेश दिँदै छन्।
तिनलाई कानूनको डर छैन। आज तिनै अपराधीहरुले चलाएको देशमा स्वदेशमै केही गर्ने संकल्प लिएर अमेरिकादेखि फर्केको म रवि लामिछाने, सबैभन्दा धेरै अदालतमा मुद्दा चलेको यो देशको सबैभन्दा ठूलो अपराधी जस्तो भएर कारागारमा बन्दी छु। सबैले मेरै बलि चढाउने भाकल गरेका छन्। कसैको राजनीति जोगाउन, कसैको सरकार बनाउन वा जोगाउन र कसैलाई उच्च वा सर्वोच्च पुग्न पनि मेरै बलि चढ्नुपर्ने। म एउटा मान्छे कतिजनाको भाकलका लागि कति पटक रेटिने, कति टुक्रामा काटिनेरु सबको भाकल पूरा गर्न रेटिँदा–रेटिँदा मसँग हाडछाला र एकमुठी प्राण मात्र बाँकी छ। यतिबेला मसँग सत्यबाहेक केही पनि बाँकी छैन।