Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेको पक्षमा जब आमाको किरिया मा बसेका छोरा हस्ताक्षर गर्न पुगे..

रवि लामिछानेको पक्षमा जब आमाको किरिया मा बसेका छोरा हस्ताक्षर गर्न पुगे..

काठमाडौँ । आमा निधनको शोकमा रहँदा पनि कैलाली टीकापुरका भरत बिष्टले रवि र देशको लागि भन्दै रास्वपाको हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका छन । आफु ठूलो शोक रहदा पनि भरले रबिको न्यायको लागि हस्ताक्षर गर्न पुगेका हुन । राउटे मुखिया समेते रबि लामिछाने माथि भएको राजनीतिक प्रतिसोध बिरूद्ध कञ्चनपुरमा हस्ताक्षर पत्रमा सहिछाप गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टी सभापति रवि लामिछाने माथि भएको राजनीतिक प्रतिसोध बिरूद्धमा कञ्चनपुरमा हस्ताक्षर अभियान सुरू भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका भानुचोक,चेटघाट चौतारी र गड्डाचौकिमा हस्ताक्षरका लागि डेस्क सञ्चालनमा रहेको छ । जहा राउटेहरु पनि पुगेका छन । कञ्चनपुरमा जारी हस्ताक्षर अभियानमा राउटे समुदायका नागरिकहरूले लामिछानेको पक्षमा ल्याप्चे लगाएका हुन । रास्वपा सुदुरपश्चिम प्रदेश इन्चार्ज ज्ञानेन्द्र महताले राउटे समुदायका मुखिया सहितले ल्याप्चे लगाएको फोटो सामाजिक सञ्जालमा राखेका छन डोकोमा मकै बोक्ने दखी लिएर सेतै फुलेका बा आमा समेतले यो अभियानमा साथ दिई रहेका छन ्। साथै फरक क्षमता भएका ब्यक्तिहरु पनि सकि नसकि अभियानमा जोडिन पुगेका छन । यता सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले थालेको हस्ताक्षर अभियानमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिले पनि हस्ताक्षर गरेका छन्। बारा क्षेत्र नम्बर ३ का महाधिवेशन प्रतिनिधि सुनील गाउँलेले शुक्रबार हस्ताक्षर गरेका हुन्। लामिछानेविरुद्ध सिंगो राज्यशक्ति नै लागेकाले त्यसविरुद्धको हस्ताक्षर अभियानमा आफूले ऐक्यबद्धता जनाएको उनले बताए। पार्टी स्थापना दिवसका अवसरमा असार ७ गते काठमाडौंको माइतिघरमा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो । रास्वपा नेताहरूले त्यही अपिलको बलमा आम मानिसकहाँ पुग्ने बताएका छन । हस्ताक्षर संकलन क्रमले निरन्तरता पाउने उनीहरूको विश्वास छ । रविलाई उच्च अदालत तुल्सीपुरको बुटबल इजलासले गत चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशलाई गत जेठ ९ गते सर्वोच्च अदालतले पनि सदर गरिदियो । सर्वोच्चको निर्णयपश्चात कम्तिमा मुद्दाको फैसला नहुँदासम्म रवि थुनामै बस्नुपर्ने भएको छ । सरकारकै आँखामा बिजाएका लामिछानेको मुद्धा यसै पनि एक डेड बर्ष अगाडी टुङगीने छाँटकाँट छ्रैन । कानूनी बाटोहरु बन्द भएपछि राप्रपाले सडक संघर्षको नयाँ स्वरुपका रुपमा ‘हस्ताक्षर अभियान’ को सुरुवात गरेको हो ।