Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रबि लामिछानेको दाई हरिशरण बल्ल आफ्नो भाइको पक्षमा देखिए सडकमा

रबि लामिछानेको दाई हरिशरण बल्ल आफ्नो भाइको पक्षमा देखिए सडकमा

काठमाडौँ । रबि लामिछानेका दाई हरिशरण लामिछानेले आफनो भाइ माथि भएको राजनीतिक प्रतिशोधको विरुद्धमा आफ्नै जन्मथलो काभ्रेको नगरकोट बाट हस्ताक्षर अभियान सुरु गरेका छन । उनले आफ्नो भाई माथि राजनीतिक प्रतिशोध राज्य र दलहरुबाटनै भएको भन्दै आफ्नै जन्मथलो काभ्रेको नगरकोट पुगेर समर्थन गरेका हुन ।

उनले आफनो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट राख्दैँ सबैलाई हस्ताक्षर अभियानमा साथ दिन अनुरोध समेत गरेका छ । उनले लेखेका छन, आफ्नो जन्मस्थल नगरकोटमा भाइ रवि लामिछानेको समर्थनमा आयोजित हस्ताक्षर अभियानको सुरुआत गर्दै । सहभगी सबैमा आभार ब्यक्त गर्दछु । केहीँ पहिला हरिशरण र रवि लामिछाने विचमा मनमुटावको अवस्था पनि उत्पन्न्न भएको थियो तर यतिबेला हरिशरण रविको पक्षमा खम्बा जसरी उभिन थालेका छन । केही पहिला रविको आलोचना गदैँ हिड्ने हरिशरण यतिबेला उनलाई साथ दिइरहेका छन । रवि माथि भएको राजनीतिक प्रतिशोधका विरुद्ध यतिबेला देश तथा विदेशमा पनि हस्ताक्षर अभियान चलाइएको छ । हालसम्म देश विदेशबाट १० लाख भन्दा बढी हाराहारी संख्यामा हस्ताक्षर संकलन भएको रास्वपाले जानकारी दिएको छ । पार्टीले सार्वजनिक गरेको अनलाईन प्लेटफर्महरुमा ठूलो संख्यामा हस्ताक्षर प्राप्त भएको छ ।

सहकारीको आरोपमा ५ ओटा जिल्ला घुमाइएका रवि यतिबेला भैरहवा कारागामा रहेका छन । रास्वापाको सभापति समेत रहेका लामिछाने माथि यतिबेला राज्यले नै प्रचिशोध साँधेको भन्दै लाखौँ जनताहरुले रविको पक्षमा हस्ताक्षर गरेका छन । रवि लामिछानेविरुद्ध साँधिएको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियानलाई तिब्र पारेको छ । लामिछाने पत्नी निकिता पौडेल पनि हस्ताक्षर अभियानमा सहभागी हुन आज चितवन पुगेकी छिन । उनले सबै जनताहरुलाई हस्ताक्षर अभियानमा सहभागी हुन आग्रह गरेकी छिन ।

पार्टीले हस्ताक्षर अभियानको लागि काठमाडौँ उपत्यकामा मात्रै १४ ठाउँमा डेक्स सञ्चालन गरेको छ । काठमाडौँको कलंकीबाट उक्त डेस्कको शुभारम्भ गरिएको हो । पार्टीले हस्ताक्षर अभियानमा सहजीकरणका लागि अनलाईन मार्फत पनि व्यवस्था गरेको छ । लामिछानेको अपील र हस्ताक्षर फारम लिएर रास्वपाका सदस्यहरु नागरिकको घर तथा टोलमा समेत पुग्ने बताइएको छ ।

रवि लामिछानेमाथि राज्यले गरेको नियोजित आक्रमणविरुद्ध देश–विदेशमा रहेका नेपाली नागरिकको ऐक्यबद्धता प्रदर्शन गर्न, राजनीतिक प्रतिशोध र राज्यले गरेको संगठित अपराधको तथ्यगत चिरफार गर्न, राजनीतिक पूर्वाग्रहका आधारमा गरिने अन्यायपूर्ण कारबाही, धरपकड वा चरित्रहत्याको सशक्त प्रतिवादका लागि जनमनोबल निर्माण गर्न र रवि लामिछानेविरुद्धको मुद्दा–मामिला नयाँ राजनीतिक शक्तिलाई निरुत्साहित गर्ने संस्थागत षड्यन्त्रको सुरुआत हो भन्ने सन्देश जनस्तरमा पुर्याउन हस्ताक्षर अभियान सञ्चालन गरेको रास्वपाले जनाएको छ ।