Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हर्क साम्पाङ र उपमेयर बेघाबिच लफडा झन बढ्दै्,साम्पाङका समर्थकले लगाएको ताला वडाध्यक्ष र स्थानीयले फोडे

हर्क साम्पाङ र उपमेयर बेघाबिच लफडा झन बढ्दै्,साम्पाङका समर्थकले लगाएको ताला वडाध्यक्ष र स्थानीयले फोडे

काठमाडौँ । धरान १६ मा प्रहरी चौकी निर्माणको बिषयले अहिले धरान तातेको छ । सुरक्षाको दृष्टिकोणले सम्बेदनशील वडा भएको भन्दै वडाबासीहरुले प्रहरी चौकी निर्माणको माग गरे अनुरुप दुई बर्ष अगाडि बढेको कार्यपालिका बैठकले धरान १६ नौलो बस्तीमा चौकी बनाउने निर्णय गरेको थियो । सोही अनुरुप ९ लाख बजेट निकासा गरेर काम समेत शुरु गरिएको थियो । तर अहिले आएर मेयर हर्कराज राईले सो ठाउँमा निर्माणाधीन प्रहरी चौकीमा अवरोध गरे पछि तनाव भएको छ । मेयर हर्क साम्पाङका समर्थकहरूले धरान १६ मा प्रहरी चौकी निर्माणको काम रोक्न लगाएको ताला स्थानीय र वडाअध्यक्षहरूले फोडेका छन ।

कोशी प्रदेश सरकारको लगानीमा निर्माणाधीन प्रहरी चौकी निर्माणको काम रोक्न साम्पाङले भौतिक पूर्वाधार मन्त्रालयमा पत्र पठाएपछि उनका समर्थकहरूले बहुभाषिक पाठशालाको कम्पाउन्डमा ताला लगाएका थिए । प्रहरी चौकी सोही कम्पाउन्डभित्र निर्माण हुँदै आएको छ । धरानका मेयर हर्क साम्पाङले सो स्थानमा प्रहरी चौकी बनाउन नहुने भन्दै सामाजिक सञ्जालमा लेख्दै आएका छन । उनले प्रहरी चौकी भवनको डिपीआर र डिजाइन हेरेर मात्रै भवन निर्माण गर्नुपर्ने बताउँदै आएका छन । उनले भनेका छन् । धरान १६ मा प्रहरी चौकि बन्नु हुँदन मैले भनेको कहाँ छु र रु बन्नु पर्छ तर त्यो बहुभाषिक पाठशाला भित्र कसरी व्यवस्थापन गर्ने रु पूरै डिपीआर नहेरी हुँदैन टोइलेट कहाँ, बाथरुम कहाँ, किचन कहाँ कसरी वनाउने रु मैले भन्या त्यति मात्रै हो छलफल गरौँ उनले भने ।

फेरि तत्काल अर्को स्ट्याटस लेख्दे भने बहुभाषिक पाठशाला माथि नै किन असहयोग रु जाली लगाएर भत्कन नदिएको भुक्तानीमा असहयोग छ रु अहिले अतिक्रमण गर्ने किसिमले प्रहरी चौकी बनाउने कुरामा राजनीति भएको छ रु सबै जातजातिका भाषा संरक्षण गरौँ भन्ने उद्देश्य हो पाठ्शालाको रु उनले भनेका छन् । यता उपमेयर आईन्द्र बिक्रम बेघा भन्छन् धरान १६ मा चौकी बन्नु पर्छ, बन्छ । कसैले रोक्ने प्रयास गरे जनताले लखेट्छन् । उनले सामाजीक सञ्जालमा लेखेका छन् । अहिले भने चौकीको बिबाद झन बढेको छ । हर्क साम्पाङले चौकी निर्माणको काम रोक्न लगाएको ताला फोडेर चौकी निर्माणको काम सुचारू गरिएको छ । धरान १६ का वडाध्यक्ष मुरारी भट्टराईले बहुभाषिक पाठशाला बनाउने निर्णय गर्नुअघि नै प्रहरी चौकी भवन बनाउने निर्णय कार्यपालिका बैठकबाट भएको बताए । ताला फोड्न उनीसहित अन्य वडाध्यक्ष र स्थानीय पुगेका थिए । स्थानीयको माग अनुरुप २०८० जेष्ठ १८ गते बसेको कार्यपालिका बैठकले धरान १६ नौलो बस्तीमा प्रहरी चौकी निर्माण गर्ने निर्णयसँगै निर्माणको काम शुरु भएको थियो । शुरुमा ९ लाख बजेटबाट शुरु गरिएको यो भवन बजेट अभावकै कारण सम्पन्न हुन सकेको थिएन ।