Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुई लागुऔषध कारोबारी एयरपोर्ट क्षेत्रबाट सशस्त्र प्रहरीको अप्रेसनमा पक्राउ

दुई लागुऔषध कारोबारी एयरपोर्ट क्षेत्रबाट सशस्त्र प्रहरीको अप्रेसनमा पक्राउ

काठमाडौं,सशस्त्र प्रहरी बल नेपाल, इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा लागुऔषध कारोबारमा संलग्न दुई व्यक्तिलाई आज दिउँसो काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैबाट नियन्त्रणमा लिइएको छ।

सशस्त्र प्रहरी बल सिनामंगलबाट खटिएको ९ सदस्यीय टोलीले काठमाडौं महानगरपालिका–९, एयरपोर्ट अगाडि रहेको दर्शन नमस्ते इन होटलमा विशेष अपरेसन सञ्चालन गरी लागूऔषध ब्राउन सुगर को कारोबारमा संलग्न दुई व्यक्तिलाई रंगेहात पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूमा:

• मोहमद अक्टर, उमेर करीब ४० वर्ष, स्थायी ठेगाना: सिरहा नगरपालिका–८, सिरहा जिल्ला

• सामन यादव, उमेर करीब ४२ वर्ष, स्थायी ठेगाना: कमला नगरपालिका–८, धनुषा जिल्ला

दुवै जना असार १२ गते बिहान ८:१२ बजे होटलमा रुम बुक गरेर बसेका थिए। उनीहरूको कोठाबाट तल उल्लेखित वस्तुहरू बरामद गरिएको छ:

• ब्राउन सुगर ४७.०९ ग्राम (प्लास्टिकमा प्याक गरिएका)

• ब्राउन सुगर जोख्न प्रयोग गरिएको डिजिटल तराजु – १ थान

• मोबाइल फोन – ३ थान

• नगद नेपाली रुपैयाँ – १२,१७५

• नेपाली राहदानी – १ थान (मोहमद अक्टरको नाममा)

उक्त व्यक्तिहरूलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि नेपाल प्रहरी, गौशाला वृत्तमा बुझाएको छ।