काठमाडौँ । रास्वपाले हस्ताक्षर अभियानका लागि ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन गरेको छ । रास्वपाले हस्ताक्षर संकलन मात्रै नभएर रविको अपिल १० लाख प्रति छाप्ने तयारी समेत गरेको छ । पार्टी स्थापनाको ३ बर्ष पुगेको अवसरमा उनले अपिल जारी गरेका थिए । उनीहरुले यो अभियान कम्तिमा सय दिन चलाउने तयारी गरेका छन् ।
रास्वपाका नेता कार्यकर्ताले रविलाई कारागारबाट निकाल्न प्रयास गरिरहेका छन् । आज काठमाडौंको कलंकीमा पार्टीका नेताहरु उपस्थित भइ हस्ताक्षर अभियानका लागि ऐक्यवद्धता डेस्कको शुभारम्भ गरेका छन् । रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै त्यसको विरुद्धमा जनताको हस्ताक्षर अभियान शुरु गरेको हो । सभापति लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा छन । बुटवको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा राख्न आदेश दिएको थियो । शुक्रवारबाट काठमाडौंका १४ ठाउँमा ऐक्यवद्धता डेस्क सञ्चालनमा ल्याइएको रास्वपाले बताएको छ । डोकोमा मकै बोक्ने दखी लिएर सेतै फुलेका बा आमा समेतले यो अभियानमा साथ दिई रहेका छन ।
अहिले रास्वपा रविलाइ बाहिर निकाल्न लडाई लडिरहेको छ । सरकारले प्रतिशोध साँधेको भन्दै रास्वपाका नेता कार्यकर्ता रविलाई जेलमुक्त गराउन ज्यान दिएर लागी परिरहृेका छन् । अहिले उनका लागी हस्ताक्षर तथा आर्थीक सहयोग पनि उठीरहेको छ । अहिले रास्वपाका नेताहरुले बिदेशमा पनि हस्ताक्षर अभियान चलाई रहेका छन । पार्टी स्थापना दिवसका अवसरमा असार ७ गते काठमाडौंको माइतिघरमा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो । रास्वपा नेताहरूले त्यही अपिलको बलमा आम मानिसकहाँ पुग्ने बताएका छन । हस्ताक्षर संकलन क्रमले निरन्तरता पाउने उनीहरूको विश्वास छ । रविलाई उच्च अदालत तुल्सीपुरको बुटबल इजलासले गत चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशलाई गत जेठ ९ गते सर्वोच्च अदालतले पनि सदर गरिदियो ।
सर्वोच्चको निर्णयपश्चात कम्तिमा मुद्दाको फैसला नहुँदासम्म रवि थुनामै बस्नुपर्ने भएको छ । सरकारकै आँखामा बिजाएका लामिछानेको मुद्धा यसै पनि एक डेड बर्ष अगाडी टुङगीने छाँटकाँट छ्रैन । कानूनी बाटोहरु बन्द भएपछि राप्रपाले सडक संघर्षको नयाँ स्वरुपका रुपमा ‘हस्ताक्षर अभियान’ को सुरुवात गरेको हो । अभियानको नेतृत्व पार्टीले सहकोषाध्यक्ष दीपक बोहराले गर्दैछन । उनको संयोजकत्वमा हस्ताक्षर अभियानका लागि मुल समितिको गठन गरेको छ । यस अन्तर्गत केन्द्रमै पाँचवटा उपसमितिहरु बनेका छन ।