काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी तथा स्वतन्त्र मेयर बालेन शाहको बिषयलाई लिएर एमाले २ धारमा बाँडिएको छ । महासचिव शंखर पोखरेल बिरुद्ध पार्टीका नेता गोकुल बाँस्कोटा आक्रमक बनेका छन् । पोखरेलले एमालेविरुद्ध घेराबन्दी भइरहेको भनेर दिएको अभिव्यक्तिलाई लिएर सोही पार्टीका नेता गोकुल बाँस्कोटाले कटाक्ष गरेका छन्।
राजनीतिमा घेराबन्दी सामान्य रहेको तर जनविश्वास भने आर्जन गर्न सक्नुपर्ने बाँस्कोटाको टिप्पणी छ। पोखरेलले एमालेलाई राजावादी, कम्युनिष्ट नामका माओवादी, समाजवादी पपुलिष्ट राजनीति गर्नेहरू र विदेशी शक्तिहरूले हमला गरिरहेको बताएका थिए । यस्तै एमालेविरुद्ध लागेको तेस्रो शक्ति ‘पपुलिस्ट अराजकतावादी’ रहेको पोखरेलले बताएका थिए। त्यसमा उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० र काठमाडौं महानगरपालिकाका बालेन साहहरू’ भनेर नामै लिएक थिए । पोखरेलले एमालेमाथि बालेन र रास्वपासहितले हमला गरिरहेको र त्यसको प्रतिकारमा उत्रिन नेता कार्यकर्तालाई निर्देशन दिएका थिए। तर, आज बाँस्कोटाले पोखरेलको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजनीतिमा घेराबन्दी हुनु सामान्य अभ्यास भएको जवाफ दिएका छन्।
उनले नेपालमा चुनावअघि कुन दल कति बेला कोसँग किन मिल्छ भन्ने चाल कसैले नपाएको अवस्थाको स्मरण गराउँदै जनविश्वास पैदा गर्नु पर्नेमा जोड दिएका छन्। बाँस्कोटाले एक्समा लेखेका छन्।। ‘राजनीतिमा घेराबन्दी हुनु, गर्नु सामान्य अभ्यास हो। र, नेपालमा त दालभात बराबर। किनकि, यहाँ चुनावअघि नै कुन दल कतिबेला कोसँग किन मिल्छरु कसैले चाल पाउँदैन र जवाफ पनि कसैलाई दिन पर्दैन। तसर्थ, घेरा तोड्ने सरल सूत्र जनविश्वास पैदा गर्नु हो,’ उनले भनेका छन। पोखरेलले भनेजस्तै अहिले राजावादी, माओवादी केन्द्र–नेकपा एस, रास्वपा–बालेन र बाह्य शक्ति९भारत०सँग एमालेको सम्बन्ध राम्रो छैन।
०७९ मंसिरको निर्वाचनमा पुराना दललाई गाली गर्दै रास्वपाले एकाएक चौथो ठुलो जनमत बटुलेको थियो। एक महिनामै रास्वपा सभापति रवि लामिछाने आफैले गाली गरेका एमाले अध्यक्ष ओलीको बालकोटस्थित निवासमा झुल्किए। रविले एमालेसँग मिलेर पुस १० गते माओवादी अध्यक्ष दाहाल नेतृत्वको सरकार बनाउन भूमिका खेल्दै आफै उपप्रधान एवं गृहमन्त्री बने।त्यसपछि एकवर्ष अघिसम्म रवि–रास्वपा र एमाले–ओलीको सम्बन्ध निकै सुमधुर थियो। जब अघिल्लो असारमा ओलीले कांग्रेससँग मिलेर सरकार बनाए। त्यसपछि रास्वपा प्रतिपक्षमा पुज्ञे। सहकारी ठगीमा डामिएका रवि अनुसन्धान, प्रहरी हिरासत, मुद्दा मामिला हुँदै पुर्पक्षका लागि थुनासम्म पुगे। ओली प्रधानमन्त्री हुँदा यति सब भएपछि अहिले रास्वपा ओली र एमालेविरुद्ध खरो रूपमा खनिएको छ। इता बालेन शाह संग त ओलीको द्धोन्द्ध चर्कीदो छ । बालेनले सामाजीक सञ्जालबाटै कटाक्ष गर्दै आएका छन ।