Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शिर्ष नेतालाई गाली गर्दा समातिएकी टिकटकर बस्नेत रिहा

शिर्ष नेतालाई गाली गर्दा समातिएकी टिकटकर बस्नेत रिहा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन र पुरानो नेतृत्वलाई गाली गरेकै भरमा पक्राउ परेकी टिकटकर रमा बस्नेत ३० हजार धरौटिमा रिहा भएकी छिन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेताहरुलाई गाली गलौज गरेर पछि पक्राउ परेकी थिईन । बस्नेतले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको थियो ।

खोटाङको हलेसीतुवाचुङ नगरपालिका९६ घर भई भक्तपुर बस्ने ३१ वर्षीय रमा बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो । ब्युरोले ‘टिकटकमार्फत नियोजित रूपमा जातीय साम्प्रदायिक भावनामा खलल र्पुयाउनुका साथै प्रतिष्ठित व्यक्ति तथा संस्था र सम्प्रदायप्रति नकारात्मक धारणा फैलाएर चरित्र हत्या गरेको विषयमा व्यक्ति पहिचानका लागि आवश्यक प्राविधिक विश्लेषण र अनुसन्धान गरी पक्राउ’ गरेको भनेर प्रेस विज्ञप्ति जारी गरेको थियो । उजुरीकर्ताको परिचय गोप्य नै राखिएको थियो । बस्नेतमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान सुरू भईरहेको छ । स्रोतका अनुसार उनीविरूद्ध एउटा मन्त्रालयले नै उजुरी गरेको थियो। त्यसबाहेक अन्य जाहेरी पनि रहेको थियो । बस्नेतले नेपाली सेनाको पोसाक लगाएर टिकटक बनाएको पनि आरोप ब्युरोको छ। यद्यपि नेपाली सेनाले उनलाई पक्राउ गर्न भनेर पत्राचार भने गरेको थिएन ।

बस्नेतले पोशाक लगाएर टिकटक बनाएको थाहा पाएपछि उक्त टिकटक हटाउनका लागि मात्रै पत्राचार भएको थियो । उनका सामग्रीहरूबाट नकारात्मक धारणा फैलाउने तथा चरित्र हत्या गर्ने उद्देश्य देखिएको प्रहरीले जनाएको छ । उनले बिशेष गरि नयाँ पुस्ताको समर्थन र पुरानो पुसतालाई सामाजीक सञ्जालबाट गाली गर्ने गरेकी थिईन । उानले प्रधानमन्त्री केपी ओली, काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल लगायतलाई सामाजीक सञ्जालबाटै गाली गरेकी थिईन । मानवीय दिनचर्यामा इन्टरनेट महत्त्वपूर्ण र सहयोगी साधन बनेको छ। तर, यही डिजिटल युगमा विद्युतीय माध्यमको प्रयोगबाट ठूल्ठूला अपराध पनि भइरहेका छन्। इन्टरनेट माध्यमबाट हुने विभिन्न अपराधमध्ये अहिले हामीले भोगिरहेको प्रमुख समस्या हो, सामाजिक सञ्जालको दुरुपयोगबाट भइरहेको अपराध। नेपालमा इन्टरनेटको पहुँचमा वृद्धि भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताको सङ्ख्या बढेको देखिन्छ। प्रयोगकर्ता बढेसँगै यसको दुरुपयोगबाट हुने अपराध पनि बढ्दो छ। बुधबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी चितवन क्षेत्र नम्बर–३ का क्षेत्रीय सदस्य विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

पौडेलले परराष्ट्रमन्त्री आरजु देउवाका भाइ भूषण राणा, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलिबिरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गरेर सामग्री पोस्ट गरे पछि चितवनबाट पक्राउ गरिएको हो । पछिल्लो समय सरकारले सामाजीक सञ्जालमा नियमन गरिरहेको छ । सामाजीक सञ्जालमा जथाभाबी टिप्पणी गर्ने, अरुको चरित्र हत्या गर्ने जस्ता कार्य गर्ने सामाजीक सञ्जाल प्रयोग कर्ता फन्दामा पर्ने गरेका छन ्। ऋहिले साईबर ब्युरोले बिशेष निगरानी बढाएको छ। प्छिल्लो समय नयाँ पार्टीका समर्थकले पुराना पार्टीका नेता तथा कार्यकर्ता माथ िअभद्र ब्यबहार गरेको भन्दै साईबरले कडाई गरिरहेको छ । सरकारको निर्देशनमै साईबरले निगरानी बढाएको हो ।