Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गृहमन्त्री मुछिएको भिजिट भिसामा छानबिन समिति गठन

गृहमन्त्री मुछिएको भिजिट भिसामा छानबिन समिति गठन

काठमाडौँ । गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसामा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । हिजो बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शङ्करदार वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

छानबिन समितिमा गृह, पर्यटन, श्रम र परराष्ट्र मन्त्रालयका सहसचिव सदस्य रहनेछन् । समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न तीन महिनाको समय तोकिएको छ । समितिले भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा भएका अनियमितताबारे छानबिन गर्नेछ ।

भिजिट भिसा प्रकरणको छानिबन गर्नेबारे सत्तारुढ दल र प्रमुख प्रतिपक्षबीच जेठ ३० गते दुई बुँदे सहमति भएको थियो । भिजिट भिसा प्रकरणमा छानबिनका लागि उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग गर्दै रास्वपा र राप्रपाले संसद्मा अवरोध गर्दै आएका छन् ।