Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार,१४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध मुद्दा

पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार,१४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध मुद्दा

काठमाडौँ । नेपाल भ्रष्टाचारले घेरिएको छ । पछिल्लो समयमा ठुला नेताहरुलाई समेत अख्तियारले मुद्धा चलाउँदा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन कुमार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्‍याएर भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो मागदाबीसहित आइतबार आरोपपत्र दायर गरिएको हो।

आयोगका अनुसार मुद्दा खेप्नेहरूमा सदस्य सचिव डा.थापा, तत्कालीन सदस्यसचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा।घनश्याम खतिवडा, अन्य कर्मचारीहरू र दुईवटा कम्पनी रहेका छन्।

अख्तियारको दाबी अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा शव दाह मेसिन खरिद प्रक्रिया सुरु गर्नुअघि नै आफू अनुकूलको कम्पनीलाई ठेक्का पार्ने योजना बनाएका थिए। यसका लागि उनीहरूले विभिन्न चरणमा बदनियत पूर्वक काम गरेको आरोप पत्रमा उल्लेख छ ।