Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रबि लामिछानेले जेलबाट भने सन्दुक रुईत,कुलमान देखी राजेश हमालसम्मले नमानेपछि आफै सभापति भए

रबि लामिछानेले जेलबाट भने सन्दुक रुईत,कुलमान देखी राजेश हमालसम्मले नमानेपछि आफै सभापति भए

काठमाडौँ । रवि लामिछानले आज जेलबाटै पठाएको निकै सन्देश सहितको पत्रले अहिले धेरै रास्वपाका समर्थकहरुलाई भावुक बनाएको छ । आज राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको तेस्रो स्थापना दिवसका दिन आज असार ७ गते सभापति रबि लामिछानेले सन्देश जारी गर्दै केही गम्भिर बिषयको खुलासा र आफुमाथि भईरहेको अन्यायको बारेमा खुल्ला सन्देश पठाएको छन । रबि लामिछानेको २० पेज लामो पत्रमा लेखिएको छ सन्दुक रुइतदेखि राजेश हमाल,कुलमान घिसिङसम्म कसैले नमानेपछि आफैँ सभापति भएँको हु ।

उनी भन्छन सन्दुक रुइतदेखि कुलमान घिसिङसम्म, राजेश हमालदेखि अनिलकेसरी शाहसम्म यस्ता कैयौँ व्यक्तिसँग पार्टीको नेतृत्व गरिदिन हारगुहार गरेँ। कसैले विश्वास नगरेपछि मात्रै म आफैँ सभापति भएर पार्टी दर्ता गरेको हुँ। पार्टी खोलिसकेपछि पनि नेतृत्व लिनुस वा कम्तीमा पनि उम्मेदवार बनिदिनुस भनेर कैयौँ ढोकाहरू ढकढक्याएँ। तर, मेरो चुनाव प्रचारको समय नष्ट मात्र भयो, धेरैले मानेनन्। जनताले रास्वपालाई चौथो ठूलो पार्टी बनाएँ। करिब ११ प्रतिशत समानुपातिक मत पायौँ। नयाँले पनि के नापे भनेको सुनिन्छ कहीलेकाँही। हो, अपेक्षा गरेजति नभएको पक्कै होला तर म सोध्न सक्छु परिवर्तनका लागि जनताले दिएको मत पार्टी सभापतिका रूपमा रवि लामिछानेले व्यापारी र माफियालाई बेच्यो तरु समानुपातिक मत भनेको नेतालाई बेचेको मतजस्तो बुझिन्थ्यो। नेताले या परिवार, नातागोता र दासहरूलाई सांसद बनाउँथे या व्यपारीलाई बेच्थे।

त्यसै र्गयो त रास्वपालेरु प्रत्यक्षमा जस्तै रास्वपाले आफूले पाएको समानुपातिक मतमा पनि जनताका सबैभन्दा प्रतिबद्ध प्रतिनिधि छान्यो। म गर्वका साथ सोध्न सक्छु एसिड आक्रमणमा परेकी विन्दबासिनी कंसाकारलाई कहिल्यै संसद्मा लैजान्थे यिनीहरूले ।

परदेश छोडेर फर्किएकी सुमना श्रेष्ठ यिनीहरूको पार्टीमा कहिल्यै अटाउने थी , स्थापित भनिएकाहरूले कहिले दिन्थे मनीष झा र सन्तोष परियारहरूलाई पालोरु देशको अर्थतन्त्र जर्जर हुँदासमेत डा। स्वर्णिम वाग्लेजस्तो विश्वले मानेको अर्थविद्लाई लत्याएकाले कहिले चिन्थे डा। चन्दा कार्कीहरूरु यिनीहरूले कहिल्यै प्रत्यक्ष निर्वाचनमा उतार्थे त तोसिमा र सोबिताजस्ता भर्भराउँदा युवालाईरु माफियालाई टिकट बेच्नेहरूले कहिल्यै मौका दिन्थे त हरि ढकालहरूलाईरु मन्त्री बनाउँथे त विराजभक्त श्रेष्ठ, शिशिर खनालजस्ता क्षमतावान युवालाई ,वर्तमान व्यवस्था र संविधान मानेरै पुराना राजनीतिक दलभित्र रहेको विकृति–विसंगति सम्बोधन गर्ने गरी हामीले नयाँ पार्टी बनायौँ। आज रास्वपाबिनाको प्रतिनिधिसभा कल्पना पनि गर्न सकिँदैन। जनताका होनहार छोराछोरीको संसदमा उपस्थिति, तिनको मेहनत र निष्ठाको राजनीतिलाई स्वीकार गर्न पनि यो देशका विद्वान्९विश्लेषकहरूलाई किन गाह्रो परेको हो, मैले बुझ्न सकेको छैन। देशको परिस्थितिलाई मूल्यांकन गर्दै लम्बेतान आर्टिकल लेख्न र विश्लेषण गर्न रवि लामिछानेलाई पनि नआउने होइन। तर, रवि लामिछानेले यस्ता विश्लेषणको प्रभाव देखिसकेको छ। मलाई यो देशको बेथितिको थप व्याख्या गर्नु छैन, बेथिति भत्काउनु छ। बेथितिका वाहकहरूलाई निवेदन दिएर वा अनुरोध गरेर यो देशमा थितिको शासन सुरु हुँदैन। यिनीहरूलाई लल्कारेर र धावा बोलेर मात्र थिति बसाल्न सकिन्छ। यिनीहरूलाई चुनौती दिएको मूल्य अहिले मैले तिरिरहेको छु। तर, म विचलित छैन। यो आँट र संकल्प भत्काउन यो देशको इतिहासका सबैभन्दा ठूला ठगहरूले उल्टै मलाई ठग साबित गर्ने षड्यन्त्र गरिरहेका छन्। तर, म अलिकति पनि हल्लिएको छैन।

एकाथरी आलोचकहरू मलाई सत्तालोलुपको आरोप लगाउँछन्। म तिनलाई यत्ति भन्छु, रवि लामिछानेले प्रधानमन्त्रीको अफर दुत्कारेको हो। हामीले पाएको जनमत प्रधानमन्त्री बन्न होइन भनेर छाडेको हो। अबसर आयो, होइदिउँ न भनेको भए कसले रोक्थ्यो ररु प्रधानमन्त्री बनिदेउ भनेर मध्यरातसम्म मेरै हस्ताक्षर कुरेर बसेको थियो कांग्रेसको मूल नेतृत्व, मैले मानिनँ। भोलिपल्टदेखि तिनैले मलाई सहकारी ठग भन्न थाले।