Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेका प्रिय पात्र स्वार्णिम वाग्ले एकाएक पुगे देउवालाई भेट्न,४५ मिनेट वान टू वान वार्ता

रवि लामिछानेका प्रिय पात्र स्वार्णिम वाग्ले एकाएक पुगे देउवालाई भेट्न,४५ मिनेट वान टू वान वार्ता

काठमाडौँ । काग्रेँस परित्याग गरेपछि शेरबहादुर देउवालाई पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले भेटेका छन । कांग्रेस सभापति देउवा भेट्न वाग्ले बुढानीलकण्ठ पुगेको खुलासा भएको छ । देउवा र वाग्लेबीच करिब ४५ मिनेट वान टू वान वार्ता भएको थियो । सभापति देउवासँगै वाग्लेको भेट गराउन कांग्रेस नेता तथा पूर्व परराष्ट्रमन्त्री डा।नारायण खड्काले समन्वय गरेको बताइएको छ । भेटका क्रममा भिजिट भिसा प्रकरणदेखि समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको बताइएको छ । देउवा प्रधानमन्त्री भएकै बेला वाग्लेलाई योजना आयोगको उपाध्यक्ष बनाएका थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा विरोधमा रहेकै समयमा वाग्लेले देउवासँग गरेको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यो भेटलाई कांग्रेस र रास्वपाको सम्बन्ध सुधारको प्रयासको रुपमा हेरिएको छ ।

खासगरी पछिल्ला केहि साता कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि रास्वपासँग सम्बन्ध सुधारको प्रयास गरिरहेको बुझिएको थियो । वाग्लले पार्टी उपसभापतिको हैसियतले देउवालाई भेटे र संवाद गरेका हुन ।त्यही भेटको बेलामा देउवाले कांग्रेस नछाडेको भए हुने जस्ता बिचारहरु राखेको पनि पाईएको छ । कांग्रेसमा जे जस्तो असुन्तुष्टि रहे पछि देउवाले भने तपाई जतिको मान्छे हाम्रो कांग्रेसलाई चाहिएको थियो ‘गिरिजाबाबुविरुद्ध मैले पनि त १४ वर्ष संघर्ष गरेकै हुँ देउवाले भनेको एक श्रोताले बताएका छ । देउवाको सवार र जिज्ञसालाई मेटाउदै रास्वपाका वाग्लले भने म अब ५–१० वर्ष राजनीतिमा सक्रिय हुने छु ।

मेरो ऊर्जा, क्षमताले दिन सक्ने यही हो । ५० देखि ६० को यो दशकलाई मैले एकदम महत्त्वपूर्ण मानेको छु । यसलाई मैले सदुपयोग गर्ने निर्णय गरेको उहाँलाई सुनाए । देउवाको नेतृत्वमा रहेको कांग्रेसले अवसर पटक–पटक नदिएको, पछिल्लो पटक चुनावी राजनीतिमै होमिने खोज्दा नदिएपछि तथ्यहरू राखेको वाग्लेले सुनाए । नेपाली कांग्रेसमा आवद्ध हुदा अर्थशास्त्रीक रुपमा रहेका डा। स्वर्णिम वाग्लेले कांग्रेस परित्याग गर्ने क्रममा भनेका थिए कांग्रेस९कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ ।

सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरूवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु ।’ आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने उनको भनाइ छ । उनले जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल कांग्रेस अहिले अहिले दाइ९भाउजु९साला९भतिजको अक्षम गिरोहमा परिणत हुँदै गएको आरोप पनि लगाएका थिए ।