काठमाडौँ । गृहमन्त्री र आईजीपीविरुद्ध मानवअधिकार आयोगमा उजुरी परेको खुल्न आएको छ । त्रिविका उपप्राध्यापक प्रेम चलाउनले रमेश लेखक र दीपक थापा विरुद्ध आफूलाई कुटपिट गर्नेहरूलाई उनीहरूले संरक्षण गरेको भन्दै उजुरी दिएका हुन । चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएर मन्त्री लेखक र आईजीपी थापालाई कारबाही गर्न माग गरेका हुन । यतिबेला सत्ता र शक्तिको आडमा आफु निकट लाई जोगाउँने क्रम बढेको छ । २ तिहाइको दम्भ देखाउँदै विभिन्न पार्टीका संगठनहरुले उदण्ड मच्चाइरहेका छन । आफूलाई कुटपिट गर्नेहरूलाई उनीहरूले संरक्षण गरेको भन्दै चलाउनेले २३ जेठ २०८२ मा उजुरी पत्र दर्ता गराएका थिए । अदालतले कैद सजाय सुनाएका योगेन्द्र रावललाई प्रहरीले पक्राउ गरेपछि गृहमन्त्री लेखक र आईजीपी थापाले अस्वभाविक सक्रियता देखाएको र अन्य दोषीलाई उम्काउने प्रयास गरेको उजुरीपत्रमा उल्लेख गरिएको छ ।
रावलको पक्षमा गृहमन्त्री रमेश लेखक नै सक्रिय भएको आरोप लागेको छ । मन्त्री लेखकले आईजीपी दीपक थापालाई फोन गरी रावललाई किन पक्रेको भनेर सोधेको विषय गृह मन्त्रालयमा चर्चाको विषय बनेको छ । गृहमन्त्री लेखकले फोन गरेर नै सोधेपछि आईजीपी थापाले के रहेछ हजुर म बुझ्छु भन्दै सूचनाहरू लिएका थिए । त्यसपछि आईजीपी थापाले सीआईबीमा कसले पक्राउ गरेको रहेछ भन्ने सोधखोजमात्र गरेनन, अदालतको फरार सूचीमा रहेका रावललाई पक्राउ गरेकोमा फिल्ड अफिसरलाई पुरष्कार होइन दण्ड दिएको पनि गृह मन्त्रालयका अधिकारी बताउँछन । आफू भर्खर आईजीपी भएलगत्तै मन्त्रीको मान्छे पक्राउ गरेर अफठ्यारोमा पारेको थापाको गुनासो थियो
चलाउनेलाई केही वर्षअघि त्रिविमै केही नेविसंघनिकट विद्यार्थीहरूले मरणासन्न कुटपिट गरेका थिए । उक्त घटनामा संलग्न ७ जनालाई काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले दोषी किटान गरेको थियो । दोषी किटान भएकामध्ये केही व्यक्ति अहिले पनि फरार रहेको उनीहरूलाई पक्राउ नगर्न गृहमन्त्री लेखक र आईजीपी थापा नै सक्रिय भएको चलाउनेको आरोप छ । ७ मंसिर २०८० मा काठमाडौं जिल्ला अदालतले हरिप्रसाद आचार्य, रूपेश साह, योगेन्द्र रावल, निरज रानामगर, सयुज श्रेष्ठ, रविनकुमार लामालाई २ बर्ष कैदसहितको फैसला गरेको थियो । त्यतिबेला दीपक ओझालाई भने अदालतले सफाई दिएको थियो । २२ माघ २०८१ मा पाटन उच्च अदालतले क्षतिपुर्तिको रकम सामान्य हेरफेरबाहेक जिल्लाको फैसला सदर गरेको थियो ।