Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

साढे पाँच किलो लागू औषधसहित तीन जना पक्राउ

साढे पाँच किलो लागू औषधसहित तीन जना पक्राउ

काठमाडौँ । भक्तपुरको सल्लाघारीस्थित एक क्याफेबाट साढे पाँच किलो लागू औषधसहित तीन जना पक्राउ परेका छन ।

नेपाल इंटेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, औद्योगिक सुरक्षा बेस, ब्यासी भक्तपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको खुलेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएका पक्राउ परेका व्यक्तिहरूमा धादिङ, गल्छी गाउँपालिका(५ निवासी २० वर्षीय सुमन तामाङ, २३ वर्षीय सुरवीर तामाङ, र २३ वर्षीय कमल तामाङ रहेका छन् ।

उनीहरूको साथबाट सशस्त्र प्रहरीले लागू औषध पोलेन ५.४ केजीसहित, तीन थान एन्ड्रइड मोबाइल, एउटा मोटरसाईकल र नगद नेपाली  ६ हजार चार सय बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा खटिएको सातजनाको टोलीले भक्तपुर नगरपालिका(१ सल्लाघारीस्थित क्याफेमा उनीहरू लागू औषध कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय, भक्तपुरमा जिम्मा लगाइएको जानकारी सशस्त्र प्रहरी बल नेपाल २२ नम्बर गण हे।क्वा।गृहेश्वरीको कार्यालय प्रमुखको नाम जनक सापकोटाले जानकारी दिनु भयो ।

यस किसिमको कारबाहीले लागू औषधको अवैध कारोबारविरूद्ध प्रहरीको सक्रियता र गुप्त सूचनाको प्रभावकारिता देखाएको छ। समाजलाई लागू औषधको दुष्प्रभावबाट जोगाउन यस्ता गतिविधिमा निगरानी र कडा कारबाही आवश्यक छ।