Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेन शाहको भयो जित पाए फेरी राजुनाथ पाण्डे,हटाउने सपना चकनाचुर

बालेन शाहको भयो जित पाए फेरी राजुनाथ पाण्डे,हटाउने सपना चकनाचुर

काठमाडौँ । राजु पाण्डेमाथि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बनको कारबाही उच्च अदालत पाटनले बदर गरेको छ । यो आदेशसँगै अब पाण्डे महानगरको प्रहरी प्रमुखको रुपमा फर्किने भएका छन । न्यायाधिश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेले उच्च अदालतमा दायर गरेको मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश गरेको हो ।

महानगर प्रहरील बलका प्रमुख रहेका पाण्डेलाई गुरागाईले प्रतिशोधको रुपमा निलम्बन गरेको पनि आरोप लाग्दै आएको छ । बालेन शाहलाई एक्लाउन सुनिता र सरोजले यस्तो कदम चालेको पनि आम जनताको बुझाइ रहेको छ । अदालतले पाण्डेले वरिष्ठ नगर प्रहरी उपरिक्षक पदमा कार्यरत रहेर पदीय जिम्मेवारी बहन गरेको अदालतको जिकिर समेत गरेको छ । ‘यी निवेदक काठमाडौँ महानगरपालिका महानगर प्रहरी बलको वरिष्ट नगर प्रहरी उपरिक्षक पदमा कार्यरत रहेकोमा निजको पदीय जिम्मेवारी महानगरपालिकाको सुरक्षा व्यवस्थाको प्रवबन्ध गर्ने समेत रहेक देखिन्छ ।

साथै यी निवेदक सहितको महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार विपक्षी प्रमुख प्रशासकीय अधिकृतलाई रहेको र सो वमोजिमको आदेश र निर्देशन पालना गर्न प्रत्येक महानगर प्रहरीको कर्तव्य हुने कानूनी व्यवस्था रहेको तथ्यलाई यी निवेदकले इन्कार गरेको देखिदैन । सोही परिप्रेक्ष्यमा सुविधा र सन्तुलनको दृष्टिकोणमा उल्लेखित जाचवुझ समितिको काम कारबाही अघि बढाउन यी निवेदकलाई तत्काल निलम्बन गर्नु पर्ने सम्मको अवस्था देखिएन ।’, आदेशमा भनिएको छ । त्यस्तै पाण्डेको निलम्बन कार्यान्वयन नगरि यथास्थितिमा राख्न र उनको पदमा रही कामकाज गर्न दिन समेत अदालतले आदेश दिएको छ ।

आफूलाई पदबाट निलम्बन गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईंको निर्णयविरुद्ध गुरागाईंले गएको जेठ २५ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। पाण्डेले काठमाडौँ महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगर प्रहरी बल निमित्त प्रमुख विष्णु जोशी, नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । गत चैत २१ गते गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा पाण्डेकै नेतृत्वमा रहेको नगर प्रहरीको टोलीले अवरोध गरेको आरोपमा उनीमाथि गुरागाइँले कारबाही अघि बढाएका थिए।

महानगरले उक्त घटनाबारे छानबिन गर्न प्रशासन प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा जाँचबुझ समिति पनि गठन गरेको थियो।

काठमाडौँ भ्यू टावरको नक्सा पास विवादपछि बिदामा बसेका गुरागाईं महानगरमा हाजिर हुन जाँदा विवाद भएको थियो। उपप्रमुख सुनीता डंगोलको नेतृत्वमा गुरागाईं हाजिर हुन भनेर महानगर पुगेका थिए। उनलाई महानगरको नगर प्रहरी बलले कार्यालय प्रवेशमा अवरोध गरेको थियो।