Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भिजिट भिसामा रवि लामिछाने नेतृत्वको रास्वपाले २ हजार भन्दा बढी प्रमाण भेटायो

भिजिट भिसामा रवि लामिछाने नेतृत्वको रास्वपाले २ हजार भन्दा बढी प्रमाण भेटायो

काठमाडौँ । गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसामा रवि लामिछाने नेतृत्वको रास्वपाले २ हजार भन्दा बढी प्रमाण भेटाएको छ । पिडित भएका २ हजार बढी नेपालीहरु प्रमाण बोकेर आफुहरु सँग आएको जनाएको हो । कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार रास्वपाले भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित प्रकरणका कारण ठगिएको कोही छ? भनेर आह्वान अभियान चलाएको र उक्त अभियानमार्फत प्रमाणसहित २ हजार नेपाली सम्पर्कमा आएका छन । साथै रास्वपाले यसलाई विषयान्तर गर्न तथा संसद्को रोष्ट्रमबाट नै गृहमन्त्रीले पीडितलाई दिएको धम्की दिएको पनि आरोप लगाएको छ । पछिल्लो समयमा भिजिट भिसालाई लिएर गृहमन्त्रीको रास्वपाले राजीनमा माग गदैँ आएको छ ।

रास्वपाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, भिजिट भिसाको दुरुपयोग मार्फत मानव तस्करी जस्तो सङ्गठित अपराध विकराल समस्या हो। यही क्रममा गत जेठ १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीले ूभिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित प्रकरणको कारण ठगिएको कोही हुनुहुन्छ भने, कृपया प्रमाणसहित सम्पर्कमा आउनुस्ू भनेर आव्हान गरेर अभियान चलाएका थियौं। त्यो क्रममा भर्चुअल र फिजिकल माध्यमबाट २ हजार भन्दा धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आउनुभयो।

त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आउनुभयो। हामीले वहाँहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोग लगायतमा उजुरी दिन सुझाएका हौं। र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास हो। रास्वपा केन्द्रीय सदस्य तथा सांसद सुमना श्रेष्ठको निर्देशन भनेर उल्लेख गर्दै नक्कली उजुरी दिन लगाएकोू भन्ने समाचारले पार्टीको ध्यानाकर्षण गराएको छ । रास्वपाले यसलाई विषयान्तर गर्न तथा संसद्को रोष्ट्रमबाट नै गृहमन्त्रीले पीडितलाई दिएको धम्कीको नियोजित शृङ्खला मानेको छ ।

भिजिट भिसा र मानव तस्करी संगठित अपराध भएको र रास्वपा त्यसको विरुद्धमा आन्दोलन गरिरहने मनिष झाले बताएका छन । हामीले पटक पटक भनेकै छौँ। हामी भिजिट भिसा र मानव तस्करीको सङ्गठित अपराधको विरुद्ध आन्दोलन गर्दै छौँ। यसमा विगतका गृहमन्त्रीहरू सबैको छानबिन गरौँ भनेका छौँ,ं उनले भने, ंहाम्रो मुद्दा कोही एक दल र नेता प्रति लक्षित छैन। कोही एक व्यक्तिको पछि लाग्ने हाम्रो राजनीतिक आचरण र अभ्यास छैन र त्यो हाम्रो राजनीतिक प्राथमिकता पनि हैन ।ं