Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गृहमन्त्री रमेश लेखकले राजीनामा दिन लागेको चर्चा

गृहमन्त्री रमेश लेखकले राजीनामा दिन लागेको चर्चा

काठमाडौँ । भिजिट भिसामा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिन लागेको चर्चा सुरु भएको छ । कांग्रेसले भोली बिहानको लागि आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । भोलि बुधबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा गृहमन्त्री रमेश लेखक पनि सहभागी हुने बताइएको छ । साथै केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुको उपस्थिति रहने भएका हुन ।

काग्रेस बाट गृहमन्त्री बनेका लेखक भिजिट भिसामा मुछिएपछि काग्रेस निर्कै आलोचित बन्नु परेको छ । रमेश लेखकको चौतर्फी राजीनामा माग गरिएको छ तर उनले राजीनामा दिन भने मानेका छैनन । भोली गृहमन्त्री रमेश लेखकको राजीनामाको लागि बैठक बोलाइएको चर्चा सुरु भएको छ । गृहमन्त्री रमेश लेखकले नै भोलि पार्टीको बैठकपछि राजीनामा दिने भन्ने मन्त्रालयमा चर्चा भैरहेकाले राजीनामा दिनसक्ने मन्त्रालयका केही कर्मचारीले बताएका छन । यो भन्दा पहिला पनि लेखकले राजीनमा दिन लागेको तर देउवाले रोकेको खुल्न आएको छ । गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणमा अर्को ठुलो प्रमाण भेटिएको छ ।

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईको डायरीमा सेटिङमा पठाइएका मानिसहरूको सूची र हिसाब किताव अख्तियारले फेला पारेको छ । डायरीमा भिजिटमा पठाउनुपर्ने व्यक्तिहरूको विवरण र को मार्फत आएको भनेर पनि उल्लेख गरेका छन । विवरण अनुसार गृह मन्त्रालयका उच्च अधिकृतहरूको नाम पनि रहेको बताइएको छ । उनीमाथि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको प्रमुख हुँदा बिचौलियाहरूसँग मिलेर भिजिट भिसामा ‘सेटिङ’ गरेर कागजात नपुगेका नेपालीलाई विदेश पठाएको आरोप छ । कागजात नपुगेकाहरूलाई विदेश उड्ने अनुमति दिएर भट्टराईले गिरोहसँग मिलेर लाखौँ असुलेको अख्तियारको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । गृहमन्त्री लेखक भिजिट भिसामा मुछिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलागयतले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरुद्ध गरिरहेका छन । प्रतिपक्षी दल राप्रपा र रास्वपाको अवरोधका कारण आज पनि सदन चल्न सकेन । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिएर निष्पक्ष छानविनमा सघाउनुपर्ने प्रतिपक्षी दलहरुको माग रहेको छ । यसअघि नेकपा माओवादी केन्द्र ले पनि गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आइरहेको थियो । माओवादी भने गृहमन्त्रीको राजीनामाबाट ब्याक भइसकेको छ ।