काठमाडौँ । पत्रकार दिलभुषण पाठक लाई पक्राउ नगर्न आदेश आएको छ । पाठकलाई पक्राउ नगर्न पाटन उच्च अदालतले अल्पकापलिन आदेश जारी गरेको हो । पत्रकार पाठकले आज उच्च अदालत पाटनमा निषेधाज्ञा रिट निवेदन दिएका थिए । आइतबार निषेधाज्ञा निवेदन दर्ता गराउँदै उनले आफूलाई पक्राउ नगर्न आदेशको माग गरेका थिए । विद्युतीय कारोबार साइबर अपराध० मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला अदालतबाट अनुमति लिएको अवस्थामा उच्च अदालतले तत्काल उनलाई पक्राउ नगर्न भनेको हो ।
होटल हिल्टनको बिषयलाई लिएर आरजु राणा र शेर बहादुर देउवा पुत्र जयबिरले उजुरी दिएका थिए भने पाठक बिरुद्ध पक्राउ पुर्जी जारी समेत भएको थियो । पाठक लाई पक्राउ नगर्न आदेश आएसँगै देउवा लाई धक्का लागेको छ । केही दिन अघि पनि आरजुले पाठक लाई जसरी पनि जेल पुर्याउने आशयको अभिव्यक्ति दिएकी थिइन । आरजु र देउवा कै दबाबमा पाठक माथि पक्राउ पुर्जी जारी भएको थियो । न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले तत्काल उनलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै भन्दै थप छलफलका लागि सरकारी पक्षलाई पनि झिकाएको छ । उनका पक्षबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, डा भीमार्जुन आचार्य, अधिवक्ता ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए।
अहिले राज्य प्रेस र आलोचकप्रति अनुदार रूपमा प्रस्तुत भइरहेको र साइबर कानुनको गलत प्रयोग पनि गरिरहेको भन्दै पत्रकारमाथिको धरपकड रोकिनुपर्ने माग उनीहरूले इजलासमा गरेका थिए ।
पाठक आवद्ध सञ्चार माध्यममा जयवीरले होटलको सेयर किनेको दाबीसहित खबर प्रशारण भएको बताईएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्टमन्त्री आरजु राणाका छोरा जयवीर देउवाले हिल्टन होटल खरिद गरेको चर्चा सामाजिक सञ्जालमा भाईरल नै भएको थियो । केही अनलाइन सञ्चारमाध्यमहरुले त्यसबारेमा समाचारसमेत संप्रेषण गरेका गिए । जयबिरले हिल्टन किनेको भन्दै सर्वत्र आलोचना भएको थियो । उनले विभिन्न ब्यबसाय त गरिरहेकै छन ्। त्यसमाथी होटल किनेको भने पछि उनको चर्को आलोचना पनि भएको थियो । होटल किनेको चर्चाबीच शंकर ग्रुप अन्तर्गतको जगदम्बा होस्पिटालिटीले त्यसको खण्डन गरेको थियो । कम्पनीले उक्त विषय झुटो, आधारहीन र भ्रामक भएको स्पष्ट पारेको थियो । पूर्वप्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री आरजु राणाका छोरा जयवीर राजनीतिक पृष्ठभूमिकाका व्यक्ति हुन । तर, उनी भने राजनीति भन्दा पनि व्यापार व्यवसायमा सक्रिय छन । उनलाई राजनितीमा खासै चासो देखिएको छैन ।