काठमाडौँ । फेसबुकमा ‘अलबिदा’ लेखेका डाक्टर बालाजुमा सकुशल फेला परेका छन्। सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेका चिकित्सक डा केशव श्रेष्ठलाई प्रहरीले काठमाडौँमा सकुशल फेला पारेको हो। प्रहरी स्रोतका अनुसार बालाजुको एउटा घर वा होटलमा उनी फेला परेका हुन । प्रहरीले उनीसँग सोधपुछ गर्न थाल्दा उनी आफू आत्महत्याका लागि डोरी खोजिरहेको बताएका थिए । अहिले प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली ल्याइरहेको छ ।
जिल्ला प्रहरी परिसरको टोलीले बालाजुमा उनलाई फेला पारेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए। सामाजिक सञ्जालमा ‘सुसाइड नोट’ लेखेर सम्पर्कविहीन बनेका डा। केशव श्रेष्ठ रामेछापमा स्वार्थ समूहको घेराबन्दीमा परेको खुलेको छ । डा। श्रेष्ठले बाग्मती प्रदेशको लोकसेवाबाट आठौं तहमा नाम निकालेर २५ महिना अगाडि जिल्ला अस्पताल रामेछापमा आएका थिए । उनलाई जिल्ला अस्पताल ल्याउन केदार कार्कीकै मुख्य भूमिका थियो, जसलाई उनले अहिले आरोपित गरेका छन ।
रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरेका डा। श्रेष्ठले सोमबार फेसबुकमा सन्देश लेख्दै सम्पर्कविहीन बनेका थिए । रामेछाप अस्पतालमा आएदेखि नै आफू दिन रात खटिएर अस्पताल कसरी राम्रो बनाउने भनेर लागेको र आफू प्रमुख भए पछि काम चोर्ने, ठग्ने, सिस्टममा नबस्ने कर्मचारीहरूको भागाभाग भएको उनले लेखेका छन ।डा। श्रेष्ठले आफूविरुद्ध सरुवा भएर गएका डा गगन अधिकारी र रामेछाप–०८ का केदार कार्की लगायतका व्यक्तिहरू लागेको समेत बताएका छन ।
करारको जागिर हुँदै नेपाल प्रहरी र अन्ततः बागमती प्रदेश लोकसेवाबाट स्थायी नियुक्ति प्राप्त गरी रामेछाप अस्पतालमा कार्यरत उनले अस्पतालको निमित्त मेडिकल सुपरिण्टेन्डेन्टका रूपमा काम गर्दा भ्रष्टाचार, अनियमितता र राजनीतिक चलखेलविरुद्ध उभिएर अस्पताल व्यवस्थापनमा सुधार ल्याएको फेसबुकमा बताएका थिए । तर, अस्पतालको आन्तरिक गुटबन्दी, केही डाक्टर तथा स्थानीय नेताहरूले अस्पताललाई आफ्नो प्रभावमा चलाउने प्रयास, कार्यालय सहयोगीको लागि दबाब, होटल बिल र कमिशनको चलखेल नमान्दा आफूलाई ज्यानको सुरक्षासम्मको धम्की दीएको र अन्ततः अन्यायपूर्ण ढंगले सरुवा गरिएको आरोप डाक्टरले लगाएका छन्। यद्यपी सामाजिक सञ्जालमा फैलिएको यो ‘गुडबाइ नोट’ पछि उनको उद्दार गर्न प्रहरी परिचालन गरिएको थियो । सामाजिक सञ्जालमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। केशव श्रेष्ठको विषय आफ्नो चलचित्र ‘छक्का पन्जा ५’को कथासँग मिलेको कलाकार दिपकराज गिरीले दाबी गर्दै उनलाई रोक्न अपिल गरेका थिए । अहिले उनी मात्रै होईन धेरैले डाक्टर श्रेष्ठलाई बचाउन अपिल गरिरहेका थिए ।