Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रतिनिधिसभाको बैठक बस्ने आज बस्दै,के के छन् कार्यसूची ?

प्रतिनिधिसभाको बैठक बस्ने आज बस्दै,के के छन् कार्यसूची ?

काठमाडौँ । आज पनि प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक आज आज बिहान ११ बजे बस्ने भएको हो । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, अर्थमन्त्री पौडेलले आव २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिनेछन् ।

यसैगरी, आजको बैठकमा ‘संवैधानिक परिषद् काम कर्तव्य, अधिकार र कार्यविधि०सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।