Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मन्त्रीहरु हेलिकप्टरमा देशबिदेश घुम्दै,मध्यरातमा हातमा बेल्चा बोकेर प्रहरी सडक ममर्तमा जुट्दै

मन्त्रीहरु हेलिकप्टरमा देशबिदेश घुम्दै,मध्यरातमा हातमा बेल्चा बोकेर प्रहरी सडक ममर्तमा जुट्दै

काठमाडौँ । हेलिकप्टरमा चढेर देशबिदेश घुम्ने हाम्रा प्रधानमन्त्री र शिर्ष नेतालाई के थाहा नेपालका सडकहरुको दर्दनाक अवस्था । देशमा रेल चलाउने , पानी जहाज चलाउने ठूला सोच भएका नेतालाई के थाहा अहिलेसम्म नेपालमा रहेका सडक सञ्जालको अवस्था कस्तो छ ? बारम्बार ति नेतालाई सार्वजानिक यातायातमै मुग्लिन नारायणगढ हुदै दाउनेको धुलो र हिलोमा यात्रा गराउदा बल्ल महसुस हुने थियो की सडकको अवस्था कस्तो छ भनेर ? देश बनाउनेहरु भ्रष्टचारमा मुछिएका खबर दिनहु आउन थालेका छन ।

मध्यरातमा ड्युटीमा खटेका प्रहरीहरु सडकमा देखिएका खाल्डाखुल्डी पूरा गर्न हातमा बेल्चा लिएर पनि हिडेका छन । जुन सडकमा यात्रुहरु मध्यरातमा दुर्घटनामा पर्दै आएका थिए ,सोही सडक मर्मत गर्ने निकायले खासै चासो नदिएपछि प्रहरीहरु नै सडक मर्मतमा जुटेको भिडियो अहिले हामीलाई प्राप्त भएको छ । प्रहरी बृत् दरबारमार्गमा कार्यरत प्रहरी निरिक्षक ईन्सपेक्टर भूपेन्द्र बुढाथोकीको नेतृत्वमा ७ जनाको प्रहरी टोलीले सडकमा बिच भागमा बिग्रिएको सडकमा माटोढुंगा हालेर मर्मत गरेका छन । भोटाहिटि पुल नजिकैको यो अवस्थामा रहेका सडकको मर्मत प्रहरीले गरेका हुन ।

सोही भिडियोमा अधिकांशले प्रहरीलाई उच्च सम्मान ब्यक्त गर्दै सडक बिभाग र नगरपालिकामाथि चर्को आलोचना गर्दै गम्भिर प्रश्न पनि उठाएका छन । जिउधनको रक्षा गर्ने प्रहरी आज सडक मर्मतमा जुटेका छन अनि सडक बनाउने बिभागहरु भ्रष्टचारमा लिप्त छन भनेर धैरेले आआफनो कुरा राखेका छन । पछिल्लो केही महिनायता केही प्रहरी कारण सिंगो प्रहरीजगतमा गाली आईरहेको छ । भने ताली आउने प्रहरीका कामहरु बाहिर आउन सकेका छैनन । केही ट्राफिक र यात्रुहरुबिचका केही भिडियोहरु भाईरल हुने क्र बढिरहेको छ । कतै प्रहरीले यात्रुलाई कुटेको दुब्र्यब्यवहार गरेको त कतै भने यात्रुले नै प्रहरीलाई अनावश्यक दुख दिएको भिडियोहरु भाईरल हुने क्रम बढेको छ । बस यहा भाईरल नभएका केही यस्ता भिडियोहरु छन जसले प्रहरीको यो सेवामा थप उच्च सम्मान जागेर आउन्छ ।

यता ट्राफिक प्रहरीले पनि सडकको खाल्डा छिटो पुरिदिन आग्रह गर्दै आएको छ । राजमार्गमा मात्रै नभएर अहिले राजधानीभित्रैका सडकमा पनि ठूला९ठूला खाल्डाहरु परेका छन् । जसले ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापनमा अप्ठ्यारो बनाइदिएको छ ।सडकमा खाल्डो बढेपछि सवारी साधन चलाउनेहरु सबैभन्दा बढी पीडित छन् । राजमार्ग र काठमाडौंभित्रका शहरी सडकमा सवारी चाप उच्च भएकाले सानो खाल्डो दिनानुदिन ठूलो बन्दैछ । जसमा कारण घाम चर्को लगेपछि धुलो उड्ने र वर्षा हुनासाथ पानी जम्ने समस्या छ । सडकको खाल्डाका कारण स्थानीय बासिन्दा साथै ब्यापारीहरु पनि प्रभावित हुने गरेका छन् । वर्षामा सडकमा खाल्डा पर्ने समस्या पुरानै भए पनि यस्ता खाल्डा पुर्ने र सडक मर्मत गर्ने काममा सरकारको चासो कम देखिन्छ ।