Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेलाई के भन्थ्यौ बिर्सियौ ? भन्दै रमेश लेखकलाई अदालतको कठघरामा आउन स्वागत नेपालको चुनौती

रवि लामिछानेलाई के भन्थ्यौ बिर्सियौ ? भन्दै रमेश लेखकलाई अदालतको कठघरामा आउन स्वागत नेपालको चुनौती

काठमाडौँ । गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणमा संसद्को रोष्ट्रमबाट होइन, अदालतको कठघरामा जवाफ दिन स्वागत नेपालले चुनौती दिएका छन्। स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक स्वागत नेपालले गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणमा संसद्को रोष्ट्रमबाट होइन, अदालतको कठघरामा जवाफ दिन चुनौती दिएका हुन । गृहमन्त्री लेखकले हालै संसद्मा आफू भिजिट भिसा प्रकरणमा संलग्न नभएको बयान दिएपछि स्वागत नेपालले आफनो सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका हुन ।

उनले फेसबुकमा लेख्छन ‘म अपराधी होइन भनेर बयान दिने ठाउँ संसदको रोष्ट्रम होइन, अदालतको कठघरा हो। अदालतमा स्वागत नेपालहरूले प्रश्न गर्छन् जनताको तर्फबाट, हिम्मत छ जवाफ दिनेरु छ भने आउनु, नआए कुनै दिन ल्याउने छन् चौखुर्याएर। रवि लामिछानेलाई के भन्थ्यौ बिर्सियौ ’रास्वपा र राप्रपाका सांसदहरूको नाराबाजीका बिचमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका थिए । गृहमन्त्री लेखकले भने, उक्त कार्यमा मेरो कुनै संलग्नता छैन, हुन सक्दैन भन्ने कुरा म सम्मानित सदनमा आग्रह गर्न चाहन्छु। मेरा विरुद्धमा नियोजित र राजनीतिक ढङ्गले आक्रमण गर्ने प्रयास भएको छ। म खेद व्यक्त गर्न चाहन्छु।उनले आफूविरुद्ध राजनीतिक आक्रमण भइरहेको बताए। ुमेरो नियतमा प्रश्न उठाइएको छ, त्यो प्रतिशोधको राजनीतिबाहेक केही होइन,उनले भने।

यस्तै उनले आफूविरुद्ध बिना प्रमाण कारबाहीको माग गरिएको बताए। प्रमाण छ भने कारबाही होस् भन्ने प्रश्न उठ्दैछ। प्रमाण बिना चरित्र गरिएको छ, उनले भने। यता शाष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले अग्नि सापकोटालाई साटेको आरोप लगाएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शाहीले गृहमन्त्रीको राजीनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछाडि हटेर अग्नि सापकोटालाई पक्राउ गर्नबाट बचाएको बताएका छन्। उनले लेखेका छन्, ुल बधाई छ कमरेड प्रचण्ड उर्फ माओवादी साथीहरू भिजिट भिसा प्रकरणमा गृहमन्त्री ज्युको राजीनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछाडि हटेबापत ज्यान मार्ने व्यक्ति हत्या गर्ने प्रकरणमा पूर्व सभामुख अग्नि सापकोटालाई पक्राउ गर्न बचाएकोमा।।।।।। विडम्बनाका साथ भन्नुपर्छ संसद जनताको कानुन बनाउने थलो नभएर सेटिङ गर्ने थलो भयो। भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकारीहरूको मिलेमतोमा नेपाली नागरिकहरूलाई गैरकानुनी रूपमा विदेश पठाउने कार्य भएको आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा विमानस्थलका अध्यागमन प्रमुखसहित पाँच जनामाथि अनुसन्धान गरिरहेको छ।