काठमाडौँ । मोरङमा एमाले काग्रेस लगाएतका पार्टी परित्याग गरेर ३७० जना नेता तथा तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन । उनीहरुलाई ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरेका हुन । यतिबेला माओवादी प्रति जनविश्वास दिनप्रतिदिन बढिरहेको छ । पार्टीप्रति जनविश्वास बढेसँगै घेराबन्दी गर्न र बदनाम गर्ने उद्देश्यले पार्टीभित्र र बाहिरबाट निरन्तर षड्यन्त्र भैरहेको प्रचण्डले बताउँदै आएका छन ।
उनले भने,हामीले सरकारमा रहेर सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा महत्वपूर्ण काम गरेका छौँ। राम्रो काम गर्दा गर्दै शडयन्त्र पूर्वक सरकारबाट बाहिरिनु परे पनि हामी हाम्रो अभियान लिएर जनताको घरघरमा गयौँ , उनीहरूसँग बसेर दुःख–सुख बाँड्यौं । यही कारणले माओवादी केन्द्रप्रति जनताको विश्वास झनै बलियो बन्दै गएको छ ।
पूर्वी नेपालका झापा र मोरङ जिल्लामा माओवादी केन्द्रले अघिल्लो स्थानीय चुनावमा उल्लेखनीय सफलता हासिल गरेको स्मरण गर्दै प्रचण्डले आगामी निर्वाचनमा पार्टीले अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले प्रतिक्रियावादी शक्तिहरू माओवादीको बढ्दो जनआधार देखेर आत्तिएको कारण षड्यन्त्रहरू भइरहेका बताए ।नवप्रवेशी सदस्यहरूलाई पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रचण्डले संगठनलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने बताए ।
