Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भिजिट भिसामा आफु संलग्न नरहेको गृहमन्त्रीको दाबी

भिजिट भिसामा आफु संलग्न नरहेको गृहमन्त्रीको दाबी

काठमाडौँ । सरकारका गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन । आज संसदमा बोल्दै उनले यस्तो दाबी गरेका हुन । शुक्रबार राप्रपा र रास्वपाको विरोधकाबिच संसदमा आफूमाथि उठेको प्रश्नको जवाफ दिएका छन ।

त्यसक्रममा उनले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा आरोप लगाइएको भन्दै त्यसको खेद व्यक्त गरे । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय कार्यालय प्रमुख भिजिट भिसाका सम्बन्धमा अख्तियारले बोलाएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको हुँ । त्यसबारेमा मेरो समेत संलग्नता छ भनेर सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन,उक्त कार्यमा मेरो कुनै संलग्नता छैन । हुन सक्दैन’, गृहमन्त्री लेखकको भनाइ छ ।

उनले आफ्ना विरुद्ध नियोजित र राजनीतिक आक्रमण गर्न खोजेको बताए ।

ुसंवैधानिक निकायले छानबिन गरिरेहको अवस्थामा कुनै सरकारसँग जोडेर जवाफ दिने हो भने कतिपय माननीयसँग जोड्ने हो भने र जवाफ दिने हो भने हिजोका दिन मन्त्रीहरु पदासिन हुँदा भ्रष्टाचारमा कतिले जवाफ दिएको र यसको जवाफ दिने तागत विपक्षीलाई छ,ु प्रश्न गर्दै उनले भने ।