काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रमुख राजु पाण्डेले आफ्नी आमा अस्पतालमा रहँदा रहँदै गर्दा सामान्य रुपमा पनि मानवियताको ख्याल नगरी निलम्बन गरेको भन्दै दुखेसो पोखेका छन । उनले आफ्नी आमा ब्रेन ह्यामरेज भई शिक्षण अस्पतालमा उपचाररत रहेको र यस्तो अवस्थामा आफूलाई निलम्बनको पत्र थमाइएको उनले गुनासो गरेका छन । पाण्डेले शनिवार बाट आफ्नी आमा अस्पतालमा उपचारत रहेको तर महानगरले मानबियता भुलेको उनले बताएका छन । पाण्डेले आमा जीवनमरणको सङ्घारमा रहेको बताउँदै बालेनको आदेश मान्दा आफनो पद गएको पाण्डेको भनाई छ । बालेन शाहका विश्वासिला पात्र काठमाडौँ महानगरका महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईले छ महिनाका लागि निलम्बन गरेका छन ।
आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको बुझिएको छ । पाण्डेको ठाउँमा नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीलाई दिइएको छ । महानगरपालिकाका मेयरसँग भने यो विषयमा अहिलेसम्म कुनै छलफल नभएको उनले जानकारी दिए । उनले आफूमाथि भएको कारबाहीको दोष नकसैलाई नथोपर्ने पनि बताएका छन । झण्डै तीन वर्षको कार्यकालमा भित्रबाहिरबाट थुप्रै चुनौतीहरू सामना गरे पनि कर्तव्यबाट पछि नहटेको उनको भनाई छ । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएका छन । राजु पाण्डे बढीमा ६ महिनाको लागि निलम्बनमा परेपछि प्रमुख प्रशासकीय अधिकृतले जोशीलाई सो जिम्मेवारी दिएका हुन
उनलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखकोरुपमा कामकाज गर्न पत्र दीएको छ । यसको बोधार्थ मेयर बालेन शाह,उपमेयर सुनिता डंगोलललाई समेत दीएको महानगर स्रोतले जनाएको छ । गत चैत २१ गते प्रशासकीय प्रमुख गुरागाईं महानगर कार्यालय प्रवेश गर्ने क्रममा नगर प्रहरीले उनलाई अवरोध गरेको थियो । यसक्रममा भएको हुलहुज्जतको नेतृत्व नगरप्रहरी प्रमुख पाण्डेले नै गरेको ठहर गुरागाईंले गरेका छन । यस विषयमा थप छानविनका लागि जाँचबुझ समिति बनाइएको हो ।
काठमाडौँ भ्यू टावरको नक्सा पास विवादपछि कार्यालय बिदामा बसेका गुरागाईं महानगरमा हाजिर हुन जाँदा विवाद भएको थियो। उपमेयर डंगोलकै नेतृत्वमा गुरागाईं हाजिर हुन भनेर महानगर आएका थिए। महानगरको नगर प्रहरी बलले कार्यालय प्रवेशमा रोकेको थियो। बालेन्द्र साहले अघोषितरूपमा निलम्बनमा राखेका गुरागाईं गत २१ चैतमा महानगर कर्मचारी र जनप्रतिनिधिको सहयोगमा कार्यालय प्रवेश गरेका थिए । त्यस दिन नगर प्रहरीले उनलाई अवरोध गर्ने प्रयास गरेको थियो ।नगर प्रहरी प्रमुख पाण्डेकै नेतृत्वमा बाक्लो संख्यामा नगर प्रहरी उनलाई रोक्न खटिएका थिए ।