काठमाडौँ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन । यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध र्पुयाएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले नगर प्रहरी प्रमुख राजु पाण्डेमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरेका छन । गत चैत २१ गते प्रशासकीय प्रमुख गुरागाईं महानगर कार्यालय प्रवेश गर्ने क्रममा नगर प्रहरीले उनलाई अवरोध गरेको थियो । यसक्रममा भएको हुलहुज्जतको नेतृत्व नगरप्रहरी प्रमुख पाण्डेले नै गरेको ठहर गुरागाईंले गरेका छन । यस विषयमा थप छानविनका लागि जाँचबुझ समिति बनाइएको हो ।
काठमाडौँ भ्यू टावरको नक्सा पास विवादपछि कार्यालय बिदामा बसेका गुरागाईं महानगरमा हाजिर हुन जाँदा विवाद भएको थियो। उपमेयर डंगोलकै नेतृत्वमा गुरागाईं हाजिर हुन भनेर महानगर आएका थिए। महानगरको नगर प्रहरी बलले कार्यालय प्रवेशमा रोकेको थियो। पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा प्रक्रिया नपु¥याई पास गरेको भन्दै महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न समिति बनाए पछि गुरागाईं बिदामा बसे । पछि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी गोविन्दप्रसाद शर्माले पाएका थिए । उनले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो । सरकारले गुरागाईलाई नै पठाएको थियो तर, बालेनले मानेका थिएनन् । काठमाडौंका मेयर बालेन्द्र साहले अघोषितरूपमा निलम्बनमा राखेका गुरागाईं गत २१ चैतमा महानगर कर्मचारी र जनप्रतिनिधिको सहयोगमा कार्यालय प्रवेश गरेका थिए ।
त्यस दिन नगर प्रहरीले उनलाई अवरोध गर्ने प्रयास गरेको थियो ।नगर प्रहरी प्रमुख पाण्डेकै नेतृत्वमा बाक्लो संख्यामा नगर प्रहरी उनलाई रोक्न खटिएका थिए । काठमाडौँ महानगरपालिकाको कर्मचारीको रूपमा प्रमुख प्रशासकीय अधिकृतको निर्देशन पालना गर्नुपर्नेमा पाण्डेले कर्मचारी आचरण र अनुशासन पालना नगरी अनुशासनहीन कार्य गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो । घटनापछि पाण्डेले गुरागाईंसँग माफी मागेका थिए ।तर, अहिले आएर गुरागाईले स्पष्टिकरण सोधेका हुन् । पाण्डे बालेनका दाईने हात हुन् । उनले बालेनकै निर्देशन अनुसार काम गर्दै आएका छन् । हुनत नगर प्रहरीलाई कारवाहि गर्ने अधिकार प्रमुख प्रशासकिय अधिकृतलाई हुने भएकाले पाण्डे माथी संकट थपिएको छ । अहिले महानगर नै भद्रगोल बनेको अहिले सम्म महानगरले निती तथा कार्यक्रम ल्याउन सकेको छैन । कमैचारी, मेयर र उपमेयरको जुंगाको लडाईले महानगर संकटमा परेको छ ।