Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछाने र सागर ढकाल को जेलमै भयो घन्टौ भेट,रास्वपामा आउँलान ?

रवि लामिछाने र सागर ढकाल को जेलमै भयो घन्टौ भेट,रास्वपामा आउँलान ?

काठमाडौँ । डडेल्धुरामा काँग्रेस सभापति शेरबहादुर देउवा संग चुनाव हारेका सागर ढकालको पछिल्लो समय सक्रियता बढेको छ । त्यस संगै उनी बिशेष गरि राष्ट्रिय स्वतन्त्र पार्टी तिर अलि बढी झुकाव राख्छन् । बिशेष गरि रास्वपा सभापति रविलामीछानेको पक्षमा उनले निरन्तर आवाज पनि उठाउँदै आएका छन् । त्यस संगै उनी रुपन्देही पुगेर उनले कारागारमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

बिशेष गरि उनले रास्वपाबाट निर्वाचन लड्ने मनसाय बनाएको स्रोतले दाबी गरेको छ । उनले एक कार्यक्रमा पनि रवि लामिछाने माथी अन्याय भएको बताएका छन । रास्वपा सांसद हरि ढकाल रहित रहेको कार्यक्रममा उनले अन्यायका बिरुद्ध लड्नु पर्ने समेत बताएका छन् । ढकाल २०७९ सालमा डडेलधुराबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए । तर, शेरबहादुर देउवासँग पराजीत भएका ढकालले १३ हजार ४२ मत ल्याएका थिए । देउवाले २५ हजार ५३४ मत ल्याए । देउवा र ढकालको मतान्तर १२ हजार ४९२ रहेको थियो । अब भने सारगरले स्वतन्त्र भन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाटै उमेरदवार बन्ने छनक देखाएका छन । केहि समय अगाडी पनि सुमोना श्रेष्ठ संग फेसबुक लाईभ आएका थिए । त्यतिबेला उनको आशय रास्वपामा जाने थियो ।

अहिले पार्टीमा प्रबेश गराउन रास्वपाले पनि तयारी गरेको बुझिएको छ । उनी निकट स्रोतका अनुसार उनी यसै पटक उप निर्वाचन लड्ने की ८४ मा निर्वाचन लड्ने भने बिषयमा प्रस्टपारेका छैनन ्। रास्वपाले पनि योबिषयमा खासै धारणा बनाएको छैन । तर, उनले रुपन्देही तिर सक्रियता बढाएका छन ्। राप्रपाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित दीपक बोहोरोको मृत्यु भएसँगै रुपन्देही ३ मा उपनिर्वाचन हुदै छ । यद्यपी आयोगले कहिले गर्ने भन्ने कुरा यकिन गरेको छैन । बोहोराको निधन संगै बिभिन्न दलले रुपन्देशी ३ मा सक्रियता बढाएका छन ्। भित्र भित्रै तयारी समेत भई रहेको बुझिएको छ । बोहोराको चैत्र १९ गते निदन भएाके थियो । पोस्ट कोभिड समस्याले गर्दा उनी बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहरमा संक्रमित भएका थिए ।

संक्रमणको चार–पाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो । पछि थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए । समस्या थपिएपछि उनी केही समयपछि अमेरिकाको न्यूयोर्क पुगेका थिए । त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए । उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा थिए ।