बैतडी, सुर्नया गाउँपालिका-५ बिष्टपालीस्थित सडकमा धनगढीबाट बिष्टपालीतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ क १८१३ नम्बरको मिनी टाटा ट्रकको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-५ बस्ने ८१ वर्षीय महाबिर बिष्टको शुक्रबार राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।