काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका(३२ बस्ने सप्तरी तिलाठी कोईलाडी गाउँपालिका(५ घर भएका २७ वर्षीय अशोक कुमार साहुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
अशोकले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका(३२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।