Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका(५ नयाँबस्तीबाट नियन्त्रित लागूऔषधफेनारगन ५२ एम्पुल, नोर्फिन ५२ एम्पुल, डाईजेपाम ३४ एम्पुल र नगद ११ हजार रूपैयाँसहित सोही नगरपालिका(५ जोरपाटी बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका(१ घरभएका २५ वर्षीय मिङ्मा बम्जनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिटनयाँबस्तीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।महोत्तरी, रामगोपालपुर नगरपालिका(५ रामगोपालपुर चोकबाट अवैध लागूऔषधगाँजा करिब १ सय ७ किलो ९ सय ग्राम सहित दोलखा वैतेश्वर गाउँपालिका(६ बस्ने २६वर्षीय दिपक दाहाललाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमहोत्तरी र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरीले बर्दिबासबाटजलेश्वरतर्फ जाँदै गरेको बागमती बिएसी ८७३९ नम्बरको कारलाई जाँच गर्ने क्रममा डिकीमा लुकाई छिपाई राखेको ७ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारीचालक दिपकलाई पक्राउ गरेको हो ।यसैगरी महोत्तरी, बर्दिबास नगरपालिका(५ बाट अवैध लागूऔषध गाँजा करिब ४०किलो ४ सय २० ग्राम सहित सोही नगरपालिका(११ बस्ने ३१ वर्षीय रंगलाल स्याङतानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय,इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले माईस्थानबाट गौशालातर्फ जाँदै गरेको बा।०१(०३० च ७८०५ नम्बरकोकारलाई जाँच गर्ने क्रममा कारभित्र लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक रंगलाललाई पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका(१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरोहेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ६० मिलिग्राम सहित उर्लाबारी नगरपालिका(१बस्ने ३२ वर्षीय राजु दर्जीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।लागूऔषधनियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी मोरङ, विराटनगर महानगरपालिका(१५ एक नम्बर ढाँटबाट अवैधलागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित २जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरीउपमहानगरपालिका(२ बस्ने १९ वर्षीय सरोज पौडेल र १९ वर्षीय बाबु राम पौडेल रहेकाछन । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीलेभारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।धनकुटा, साँगुरीगढी गाउँपालिका(६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय ३० ग्राम सहित चौबिसे गाउँपालिका(४ बस्ने २१ वर्षीय बिजय याख्खा राईलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले पाँचथर मौवाबाट दमकतर्फ जाँदै गरेको को।१ ख ३८२९ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यसैगरी धनकुटा, साँगुरीगढी गाउँपालिका(६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा १ किलो २ सय ५० ग्राम सहित सोही गाउँपालिका(१ बस्ने १९ वर्षीय कसुर लिम्बुलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले संखुवासभाबाट इटहरीतर्फ जाँदै गरेको को।१ ख ३८४१ नम्बरको बसमासवार उनलाई उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।बर्दिया, बाँसगढी नगरपालिका(१ चेपाङस्थित सडकबाट अवैध लागूऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम ७ सय ४० मिलिग्राम सहित दैलेख नारायण नगरपालिका(२ बस्ने ३० वर्षीय योगेश सिजापतिलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको

छ । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको कर्णालीप्रदेश ०२(००१ ज ०६९१ नम्बरको फोर्स गाडीमा सवार उनलाई उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका(६ बंशगोपालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय निर्णय राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका(२ भन्सार नजिक सडकबाट अवैध लागूऔषध गाँजा ३ ग्राम, नियन्त्रित लागूऔषध स्पास २७ ट्याब्लेट र नाईट्राभेट ११ ट्याब्लेट सहित सोही उपमहानगरपालिका(७ मनेहरा बस्ने २४ वर्षीय सन्तोष विकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।