Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपाले भिजिट भिसामा काण्डको १ हजार पिडितको प्रमाण भेटायो

रास्वपाले भिजिट भिसामा काण्डको १ हजार पिडितको प्रमाण भेटायो

काठमाडौँ । पछिल्लो समय भिजिट भिषा प्रकरणले तहल्का मच्याए पछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले विदेशमा ठगीमा परेका नेपालीको खोजीगर्न थालेका छन् । गृहमन्त्रालयके चौघेरा भित्रबाट ५० लाख अशुलेर भिजिट भिषाका नाममा मानव तस्करि बढेको छ । यसमा गृहमन्त्री रमेश लेखक स्वयम मुछिएका छन् ।

उनको राजीनामालाई बटम लाईन बनाएर रास्वपाले संसद पनि अबरुद्ध गर्दै आएको छ । गृहमन्त्रालले आफुमाथी प्रतिशोध साँधेको भन्दै पत्रकार सम्मेलन गरेपछि रास्वपाका नेताहरुले सामाजीक सञ्जालमा आफ्नो ईमेल आईडी राख्दै ठगीएका ब्यक्तिहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको थियो । रास्वपाका नेताहरुको ईमेलमा अहिले चौबिस घण्टामै एक हजारभन्दा बढी संकलन भएको बुझिएको छ । रास्वपा स्रोतले दिएको जानकारी अनुसार एक हजार भन्दा बढी गुनासो आएको हो । सोविता गौतम, हरि ढकाल, शिशीर खनाल लगायतका नेताले ईमेल आईडी दिएका थिए ।

रास्वपाका सांसदहरूले सुरु गरेको प्रमाण संकलन अभियानमा यति ठुलो संख्यामा प्रत्यक्ष पीडितहरूको विवरण प्राप्त भएको बुझिएको छ । रास्वपा स्वयमले अब प्रतिनीधि सभाको बैठकमा गृहमन्त्रीको ठगीका प्रमाण लिएर जाने बताई सकेको छ । ती प्रमाणहरूमा नेपाली नागरिकहरू भिजिट भिसामा विदेश गएका क्रममा ठगिएको, बलात्कृत भएको, बाकसमा फर्कनु परेको, वा ठूलो रकम बुझाएर पनि काम पाउन नसकेको विवरणहरू समेटिएका छन । रास्वपाका नेताहरूले संकलित प्रमाणहरूलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरेका छन । बास्तबमा भन्ने हो भने गृहमन्त्री यति शक्ति शाली हुन्छकि उसको हातमा सबै कानुनी र प्रशाशनिक अधिकार हुन्छ ।

राज्यमा रहेका बेतिथी,बिसङगति र भ्रष्टाचार बिरुद्ध उत्रिने मन्त्रालय नै गृहमन्त्रालय हो । तर, अहिले गृहमन्त्रालय र गृहमन्त्री रमेश लेखक दुबै बदनाम हुदैछन् । । साच्चै भन्दा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिजिट भिसा’ मार्फत भइरहेको मानव तस्करीको जालो राज्यका सर्वोच्च प्रशासनिक तहसम्मै पुगेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित चार जनालाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरेपछि, यो अवैध कारोबारको जालो गृह मन्त्रालयमै पुगेको हो । जस्ले गृहमन्त्री रमेश लेखकलाई गिज्याई रहेको छ । गृह मन्त्रालयको नैतिकता, पारदर्शिता र जवाफदेहितामाथि समेत गम्भीर प्रश्न चिह््न खडा गरेको छ ।

अख्तियारको नियन्त्रणमा पुगेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराई र गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारीको उठबस भएको तथ्य फेला परे संगै गृहमन्त्री माथी आशंका बढेको हो । भिजिट भिसाको सेटिङमा एयरपोर्ट अध्यागमन र गृहमन्त्रीको सचिवालयबीच प्रत्यक्ष सम्बन्ध देखिएको छ । भट्टराई यो कारोबारको केबल रबर स्टाम्प मात्रै भएको अनुसन्धानकर्ता दाबी गर्छन् । उनी पछाडि मानव तस्करीको जालो अझै बलियो भएको शंका छ । जो गृहमन्त्रालय संग सम्बन्धीत छ । ट्राभल एजेन्सी, वैदेशिक रोजगार व्यवसायी र सरकारी कर्मचारी बिचको मिलोमतोमा लामो समयदेखि भिजिट भिसाको नाममा मानव तस्करीको सेटिङ चलिरहेको उच्च स्रोत को दाबी छ ।