काठमाडौँ । ज्युँदै ईटा भट्टामा हालेर हत्या गरेको आरोपमा जेलमा रहेका काँग्रेका पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको रिहाइले आलमको गाउँमा पनि भव्य स्वागत गरियो । अदालतको फैसलापछि कारागारबाट रिहा हुँदा हजारौंले भव्य स्वागत गरेका थिए। आलम छुटेको खुसियालीमा उनको गाउँ राजपुर, सरुअठासहित यमुनामाई गाउँपालिकाका विभिन्न ठाउँमा उनका आफन्त, समर्थक र कांग्रेसका कार्यकर्ताले खुसियाली मनाइरहेका छन् । आलमलाई स्वागत गर्न कांग्रेसका कार्यकर्ताहरु फूलमाला लिएर नख्खु जेल पुग ।सामाजिक सञ्जालमा आलमको रिहाइप्रति मिश्रित प्रतिक्रिया देखियो । धेरैले रौतहटको वर्तमान राजनीतिक अवस्थामा परिवर्तन आउने अनुमान पनि गरे । तर आलाम छुटेको खबर देखी रौतहटको यमुनामाई गाउँपालिका९४ सरुअठाका ८४ वर्षीय श्रीनारायण सिंह राति राम्ररी निदाउन सकेन ।
उनले आफुले पाएको न्याय पनि मरेर गएको अनुभूति गरे । यो देशमा जन्मिनु नै धिक्कार रहेको भन्दै आफैलाई उनले गाली गरे । बुधबार अपराह्न उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई सफाइ दिएको सुनेर श्रीनारायण बेचैन भए । रिहाइको खुसियालीमा आलमका आफन्त र समर्थकले साँझदेखि गाउँमा पड्काएको पटाकाको आवाजले उनलाई सताइरह्यो उनी भन्न थाले ‘मेरो दुर्भाग्य, अघिल्लो जन्ममा कुन पाप गरेको रहेछु र यो देशमा जन्मिन पुगें । जुन देशमा कानुन छैन, न्याय छैन,’ उनले भने, ‘राति पटाका पड्कायो, नारा जुलुस लगायो ।’ रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा महिला र सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले पनि न्यायालयको फैसलाप्रति असन्तुष्टि जनाएका छन्। साहले भागबन्डामा न्यायाधीश नियुक्ति हुँदासम्म सर्वसाधारणले न्याय नपाउने बताएका छन्। स्वतन्त्र सांसदको रूपमा निर्वाचित भई एमालेमा प्रवेश गरेका साहले यो फैसलालाई काँग्रेस–एमाले गठबन्धनको परिणाम मानेका छन्। उनले अदालतको निर्णयले पीडितहरू त्रासमा रहेको उल्लेख गरेका छन्।
श्रीनारायणका कान्छा छोरा २२ वर्षीय त्रिलोकप्रताप सिंह र स्थानीय ओशी अख्तरसहित घाइते भएका थिए । घाइतेहरूलाई उपचारको साटो जिउँदै इँटाभट्टामा लगेर जलाएर हत्या गरेको आरोप आलममाथि छ ।श्रीनारायणले आलम पक्राउको बेला कांग्रेस सभापति शेरबहादुर देउवाले भनेको कुरा झलझली सम्झिरहेका छन् । त्यस बेला देउवाले ‘आलमलाई छुटाउन लागिरहन्छु’ भनेका थिए । तर देउवाले त्यति भने पनि जिल्ला अदालतले आलमसहितलाई जन्मकैदको फैसला सुनाएपछि श्रीनारायणलाई देशमा साँचै न्याय नमरेको आभाष भएको थियो ।२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौटहटमा विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा तत्कालीन सांसद मोहम्मद आफताव आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सेराज र बद्री सहनीसहित ४ जनालाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको थियो । बुधबार उच्च अदालतका न्यायाधीश डा। खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमसहित चारैजनालाई सफाइ दिएको छ । आदेशपछि ललितपुरस्थित नख्खु कारागारमा रहेका आलम रिहा भएका छन् ।