Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पूर्वराजा ज्ञानेन्द्र शाह आफना सपरिवार सहित फेरि नारायणहिटि जाँदै ,कारण यस्तो रहेछ

पूर्वराजा ज्ञानेन्द्र शाह आफना सपरिवार सहित फेरि नारायणहिटि जाँदै ,कारण यस्तो रहेछ

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्काउने गरि राजसंस्था पुनस्र्थापना गर्न भन्दै हिजो देखी अनिश्चितकालिन आन्दोलन सुरु भएको छ । यहिबिचमा पछिल्ला दिनहरुमा पूर्बराजा ज्ञानेन्द्र शाह आफनो परिवार सहित नारायणहिटी दरबार जाने गरेका छन । फेरि पूर्बराजा ज्ञानेन्द्र शाह आफनो स परिवार सहित यहि जेठ १९ गते नारायणहिटी दरबार जाने भएका छन । दरबार हत्याकाण्डमा ज्यान गुमाउने दाज भाउजु वीरेन्द्र र ऐश्वर्यासहित शाही परिवारका सदस्यको सम्झानमा दिप प्रज्वलन गर्न उनी परिवारसहित त्यहाँ जान लागेका हुन् । जेठ १९ गते साँझ ६ बजे नारायणहिटीको चतुव्र्यूह नारायण धाम परिसरमा ज्ञानेन्द्र परिवारले संयुक्त रूपमा मृत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।

गणतन्त्र स्थापनापछि सामान्य नागरिकको हैसियतमा रहेका ज्ञानेन्द्र आमा भेट्न बेलाबेला नारायणहिटी पुगिरहन्छन् । गणतन्त्र घोषणापछि उनले नारायणहिटी छोडे पनि आमा रत्न शाह भने त्यहाँस्थित महेन्द्र मन्जिलमा बस्दै आएकी छन् ।यता केही दिन अघिमात्र पनि पूर्बराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार गएका थिए । उनी शनिबार नाति हृदयेन्द्रलाई लिएर नारायणहिटी गएका हुन्।पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका अनुसार हृदयेन्द्रले हजुरआमा रत्नलाई भेट्ने इच्छा गरेपछि ज्ञानेन्द्र नारायणहिटी गएका हुन्। सपरिवार नारायणहिटी पुगेका ज्ञानेन्द्रका साथमा डा.जगमान गुरुङ पनि थिए। राजतन्त्र अन्त्य भएपछि ज्ञानेन्द्र पहिलोपटक नारायणहिटी दरबार पुगेका हुन्।गणतन्त्र आएपछि राजपरिवारका सबै सदस्यले दरबार छोडे पनि रत्नाले भने त्यही रहने इच्छा व्यक्त गरेकी थिइन्।सरकारले पनि उनको इच्छालाई सम्मान गर्दै नारायणहिटीमै बस्न अनुमति दिएको थियो।

यता बिहीबार काठमाडौँको शान्तिबाटिकामा आन्दोलन गरेको राजावादीहरूले शुक्रबार माइतीघरमण्डलामा आन्दोलन गरेका छन् । अघिल्लो दिनको तुलनामा सहभागीको संख्या न्यून भए पनि माइतीघर चोकमा आन्दोलन भएकाले बबरमहल वानेश्वर सडक खण्ड अस्तव्यस्त बनेको छ । यसअघि गत चैत्र १५ गते पनि काठमाडौँको तीनकुनेमा राजसंस्थावादी समूहले प्रदर्शन गरेको थियो । त्यसक्रममा राजावादीहरुको आन्दोलन हिंसात्मक बनेपछि एक पत्रकार सहित दुई जनाको मृत्यु समेत भएको थियो । राजसंस्था पुनस्र्थापना नभएसम्म आन्दोलन जारी राख्ने राजावादीहरूले बताएका छन् । राजतन्त्र पुनस्र्थापनाको माग राखेर पछिल्लो समय बढ्दै गइरहेका राजनीतिक गतिविधिसँगै पूर्वराजालाई पक्राउ गर्नुपर्ने माग राखेर सामाजिक सञ्जालमा अभियान पनि चलिरहेका छन्।

करिब १७ वर्षअघि नेपालमा राजसंस्था राख्ने वा अन्त्य गर्ने भन्नेबारे संविधानसभामा निर्णायक मतदान हुँदा राजतन्त्रको पक्षमा मतदान गरेको राजनीतिक शक्ति अहिले पनि राजतन्त्र पुनस्र्थापनाको अडानमा छ।त्यसबेला गणतन्त्रको पक्षमा मतदान गरेका शक्तिहरू यसको विपक्षमा रहे पनि पछिल्लो समय कतिपय नयाँ राजनीतिक समूहहरूले राजतन्त्रको पक्षमा आफ्ना गतिविधि बढाएका छन्।