Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गरिने,खेलकुद मन्त्रालयका लागि ६ अर्व ८ करोड विनियोजन

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गरिने,खेलकुद मन्त्रालयका लागि ६ अर्व ८ करोड विनियोजन

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गरिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै झापामा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने घोषणा गरेका हुन् ।

प्रत्येक प्रदेशमा कम्तिमा तीन विद्यालयमा स्पोट्र्स एकेडेमी सञ्चालन गर्ने घोषणा पनि पौडेलले गरेका छन् । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्व ८ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि खेलकुद मन्त्रालयमा विनियोजन गरिएको बजेट करिब दोब्बरले बढी हो । चालू आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयका लागि तीन अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।