Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गृहमन्त्री लेखकपछि एमालेका बादल पनि मुछिए भिजिट भिसा काण्डमा

गृहमन्त्री लेखकपछि एमालेका बादल पनि मुछिए भिजिट भिसा काण्डमा

काठमाडौँ । भिजिट भिसा प्रकरण अहिले निकै भयाबह बन्दै गएको छ । गृहमन्त्री रमेश लेखको संलग्नता देखिएको भन्देै प्रतिपक्षले राजीनााम मागिरहेको बेला विभिन्न प्रश्न उठेका छन् । हिजो मात्रै गृहमन्त्री लेखकले आफुभन्दा पहिलेका गृहमन्त्री हुदाँ देखी नै मन्त्रालयमा सहसचिव तीर्थराज भट्टटराई रहेको बताएका थिए । हिजो बिशेष गष्रि रास्वपाले प्रश्न उठाएको भन्दै तत्कालिन गृहमन्त्र रवि लामिछाने हुदाँ पनि भट्टराई मन्त्रालयमे भएाके दाबी गरेका थिए । गृहमन्त्री लेखकले भट्टराईलाई २०७८ सालमा बालकृष्ण खाण गृहमन्त्री भएका बेला गृह मन्त्रालयअन्तर्गत पन्जीकरण विभागको महानिर्देशक बनाइएको र सोही वर्ष मोरङको प्रमुख जिल्ला अधिकारी बनाइएको समेत बताए। रवि लामिछाने गृहमन्त्री भएका बेला भट्टराईलाई २०८० साउन ४ गते हेटौंडास्थित मुख्यमन्त्रीको कार्यालयबाट गृहमा ल्याइएको लेखकले हिजोको कार्यक्रममा दाबी गरेका छन् । अहिले गृहमन्त्री लेखकले यस्तो कुरा उठाए पछि यो बिषयले नयाँ मोड लिन पुगेको छ ।

भिषा प्रकरणमा जोडिएका भट्टराई तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को पालामा गृह मन्त्रालयमा आएको खुलासा भएको छ । यो संगै त्यसपछिका सबै गृहमन्त्रीले भट्टराईलाई चासो नदिएको आरोप लागेको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर प्रतिपक्षी दलहरूले मंगलबारदेखि नै संसद् अवरोध गरिरहेका छन् । उनीहरुले गृहमन्त्रीको राजीनामा र छानविन समिती बटमलाईन बनाएका छन् । रास्वपा सभापति रवि लामिछानेलाई जसरीनै अनुसन्धान गर्नु पर्ने रास्वपाको माग छ । लेखकले संसद् बैठकबाटै प्रष्टीकरण दिन खोजेकोमा प्रतिपक्षी दलहरूले नाराबाजी गरेका थिए। त्यसपछि हिजो उनले पत्रकार सम्मेलन गरेर आफुमाथि प्रतिशोध पुर्ण ब्यबहार गरेको बताएका छन् ।

पत्रकार सम्मेलनमा लेखक पनि माओवादी केन्द्रप्रति नरम रूपमै प्रस्तुत भएका थिए। माओवादीप्रति नरम रूपमा प्रस्तुत भएका लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति भने कडा टिप्पणी गरेका थिए। लेखकको राजीनामा माग्नु अघिदेखि नै कांग्रेस र माओवादी केन्द्रका केही नेताहरू संवादमा रहेको बुझिएको छ । भिजिट भिसा प्रकरणका कारण दुवै दलबीचको संवाद अझ बाक्लिएको माओवादी केन्द्रका नेताहरू बताउँछन्। माओवादी केन्द्र लेखकको राजीनामाको विषयलाई थप चर्काउने पक्षमा छैन। माओवादी भने लचक बनेको छ । अहिले बादलको कुरा पनि भिजा प्रकरणमा आएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आन्तरिक विवादका क्रममा ओलीलाई साथ दिएपछि बादलले चार दशक पुराना साथीहरू गुमाएका थिए । सर्वोच्च अदालतले माग दावी नै नभएको फैसला गरी नेकपा माओवादी केन्द्र पुनस्र्थापना गरेपछि बादललाई लगातार साथ दिँदै आएका नेताहरु प्रचण्डतिर लागे । पार्टी विभाजनमा समेत साथ दिएका देव गुरुङ पम्फा भुसाल लगायत ठूलो संख्याका नेताहरु मात्रै नभएर बादललाई उनकै सचिवालयका सदस्यहरुले समेत छोडे । सचिवालयमा रहेका सूर्य सुवेदी, वीर तामाङ लगायत बादललाई छोडेर माओवादी केन्द्रमै बसे ।अहिले एमालेले पनि बादललाई खासै्र वास्ता गरेको छैन । प्राय पुर्व माओवादीहरु एमालेमा निश्क्रिय जस्तै बनेका छन् ।