काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्ष २०८२÷८३ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिरहेका छन । आजै संसद् बैठकमा चालू वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएका अर्थमन्त्री पौडेल त्यसपछि बजेट स्वीकृत गराउन मन्त्रिपरिषद्को बैठकमा पुगेका थिए ।
मन्त्रिपरिषद्ले पारित गरेको बजेट अहिले अर्थमन्त्री पौडेलले संसद् बैठकमा प्रस्तुत गरिरहेका छन । सरकारले लगभग २० खर्ब हारहारीको बजेट ल्याउँने तयारी रहेको छ । दुई ठूला दल कांग्रेस र एमालेको सरकार रहेको अवस्थामा दुई पार्टीका कार्यक्रमलाई समायोजन गर्दा निकै ठुलो बजेट बनेको छ ।