काठमाडौँ । देशमा गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ ।तर, अहिले आएर गणतन्त्र माथी प्रश्न चिश्न उठ्न थालेको छ । आज गणतन्त्र दिवसको अवसर पारेर गणतन्त्रबादी दल र राजावादी दलहरु सडकमा आउँदैछ । स्थिीति निकै आज चुनौतिपुर्ण हुने सम्भावना प्रबल छ । चैत्र १५ गतेको राजावादी आन्दोलन पश्चात सर्वसाधरणमा भने त्रास छाएको छ । त्यस माथी प्रधानमन्त्री केपी शर्मा ओलीको अराजक अभिब्यक्ति र राजाबादीहरुको ढिपीले जनमानस त्रासमा छन । अहिले राजाबादी र गणतन्त्रबादको बिचमा मुठभेड बढ्दो छ। गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएका अबसरमा नेकपा एमालले प्रर्दशन गर्दै छ । भने एमालेलाई काउन्टर दिन राजावादी पनि आर्जै सडकमा आउँदै छन। विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ । तर, यही गणतन्त्र दिवसको दिन राजावादी समूहले व्यवस्थाकै विरुद्ध राजधानीमा प्रदर्शन आयोजना गरेको छ ।
एमालेले अहिले प्रदर्शन गर्दै छ भने ‘राजतन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को आयोजनामा राजधानीको शान्तिबाटिका क्षेत्रमा दिउँसो २ बजेपछि राजावादीले प्रदर्शन गर्न लागिएको हो । नेकपा एमालेको कार्यक्रम र राजावादीको प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । सो क्षेत्रमा ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने भएको छ । नेकपा एमालेको कार्यक्रम र राजावादीको प्रदर्शनलाई लक्ष्य गरी भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा बिहानैदेखि सुरक्षा कडा पारिएको छ। सुरक्षाकर्मी बाक्लो संख्यामा खटिएका छन्। यतिबेलासैनिक मञ्च, टुँडिखेल वरिपरिको सडकमा ट्राफिक डाइभर्सन भएको छ ।
गणतन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्चमा १० बजेदेखि आयोजना गर्ने कार्यक्रमका लागि राष्ट्रपति रामचन्द्र पौडेल पुगेलगत्तै सुरु भएको छ । झाँकी तथा सांस्कृतिक प्रदर्शनका कारण मूल सडकको सवारी आवागमन बन्द बन्द गरेपछि याताया नै प्रभावित बनेका छन् । आज सार्वजनी कसवदा भए पनि कामका लागी बाहिर निश्किएका मानिसहरु प्रभावित बनीरहेका छन् । अहिले गणतन्त्र र राजतन्त्र पक्षधरको आन्दोलनका कारण जनता नै सबै भन्दा बढी प्रभावित बनेका छन् । अझ बिशेष गरि तिनकुने घटनाले गर्दा प्रदर्शन स्थद वरपरिका मानिसमा त्रास छाउाके छ आज दुबै पक्षघरको एकै पटक प्रदर्शन हुने भने पछि जिल्ला प्रशासनले हिजोनै प्रदर्शनको समय अलग अलग बनाई दिएको छ ।