Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज उपत्यकामा ३८ सय जनशक्ति परिचालित,सुरक्षा व्यवस्था कडा

आज उपत्यकामा ३८ सय जनशक्ति परिचालित,सुरक्षा व्यवस्था कडा

काठमाडौँ । आज गणतन्त्र दिवसको दिन नेकपा एमाले र राजावादीहरुले गर्ने छुट्टाछुट्टै प्रदर्शनको क्रममा सवारी आवागमनको व्यवस्था मिलाउन झण्डै ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै प्रहरीले आज उपत्यकामा ३८ सय जनशक्ति परिचालित गरेको छ । आज राजावादी र गणतन्त्रबादीको बिचमा मुडभेट हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै यति धेरै सुरक्षाकर्मी खटाईएको हो ।

देशमा गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ ।तर, अहिले आएर गणतन्त्र माथी प्रश्न चिश्न उठ्न थालेकामे छ । आज गणतन्त्र दिवसको अवसर पारेर गणतन्त्रबादी दल र राजावादी दलहरु सडकमा आउँदैछ । स्थिीति निकै आज चुनौतिपुर्ण हुने सम्भावना प्रबल छ । चैत्र १५ गतेको राजावादी आन्दोलन पश्चात सर्वसाधरणमा भने त्रास छाएको छ । त्यस माथी प्रधानमन्त्री केपी शर्मा ओलीको अराजक अभिब्यक्ति र राजाबादीहरुको ढिपीले जनमानस त्रासमा छन ।गणतन्त्र दिवस, मूल समारोह समितिको कार्यक्रमका लागि राष्ट्रपति रामचन्द्र पौडेल सैनिक मञ्च, टुँडिखेलमा पुगे लगत्तै ३८ सय प्रहरी जनशक्ति तोकिएका स्थानमा तैनाथ भइसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।प्रहरी जनशक्ति नपुग भएपछि मकवानपुरस्थित विशेष सुरक्षा गण रातोमाटेबाट इन्स्पेक्टरको कमान्डमा थप टोली काठमाडौं उपत्यकामा परिचालित छ ।

त्यसबाहेक उपत्यकामा रहेका १ नम्बर, २ नम्बर, दंगा र पहरा गण, विभिन्न गुल्म, हेडक्वार्टरसहितका टोली सडकमा परिचालित भएका छन् । प्रहरी तैनाथीको कूल संख्या ३८ सय पुगेको प्रहरी स्रोतले जनायो । प्रहरी परिचालनको नीतिअनुसार ललितपुर र भक्तपुर जिल्लाका प्रहरी युनिटका हकमा सोही जिल्लाबाट काठमाडौंतर्फ जाने प्रदर्शनकारीको व्यवस्थापन जिम्मेवारी दिइएको छ ।राजावादी समर्थक प्रदर्शनकारीलाई दिउँसो २ बजे अगाडि जहाँको त्यहीँ रोकिने र त्यसपछि रत्नपार्कस्थित शान्तिबाटीका प्रवेश गर्न दिइने भएको छ ।

तर, त्यसक्रममा निषेधित क्षेत्रमा प्रदर्शन गर्न नदिइने भएको छ ।एमालेले गणतन्त्र दिवसको दिन उत्सव मनाउन र राजावादीहरुले गणतन्त्र खारेज गरी राजसंस्था पुनस्र्थापनाको मागसहित प्रदर्शन गर्दैछन् । नेकपा एमालेले ११ बजेदेखि करिब साढे २ बजेसम्म र राजावादीहरुले त्यसलगत्तै प्रदर्शन गर्ने तयारी गरेका छन् । नेकपा एमालेको कार्यक्रम र राजावादीको प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । सो क्षेत्रमा ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने भएको छ । यता एमालेको साँस्कृतिक झाँकीसहितको प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई शहीदगेट, बीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप आएर सम्पन्न हुने छ । त्यसैगरी राप्रपा, राप्रपा नेपाल सहित राजावादी दल र संस्थाहरुले रत्नपार्क–शान्तिबाटीका क्षेत्रमा प्रदर्शन गर्दैछन् ।