काठमाडौँ । काठमाडौँ महानगर पालीकाका मृयर बालेन शाह र एक युबती संगै बसेको फोटो सामाजीक सञ्जाल र सञ्चारमा भाईरल बने पछि उनकी धर्म पत्नी सविना काफ्लेलले यस बिषयमा मुख खोलेकी छिन् । उनले बालेनलाई गिराउन यस्तो प्रपञ्च रचिएको आशय समेत ब्यक्त गरेकी छिन् । उनले सामाजीक सञ्जालमा बालेनका अन्य तस्बिरहरु राख्दै टिप्पणी गरेकी छिन् । उनले सामाजीक सञ्जालमा लेखेकी छिन् ।
आफ्नो पार्टीको नामसहित नाम र नम्बर कमेन्टमा दर्ता गर्नुहोस्, अरू पनि कन्टेन्ट दिन सक्छु। एनले भनेकी छिन् । उनको स्ट्याटसको आशयमा उनले आक्रोस पोखेको सहजै देखीन्छ । अहिले महानगरमा मेयर बालेन एक्लिदै गएका छन् । सबै जनप्रतिनीधि बालेनको बिरुद्ध लागेका छन् । काठमाडौँ महानगर पालीकाका मृयर बालेन र एक युबती संगै भएाके फोटो महानगर प्रवक्तासमेत रहेका १७ नम्बरका वडाध्यक्ष नवीन मानन्धरले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा देखाउँदै बालेनको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । महानगरका जनप्रतिनिधि र कर्मचारीसँग समन्वय गर्न समय नहुने, तर बाहिर ‘मस्त मनोरञ्जन’ गर्दै हिँड्न पर्याप्त समय हुने भन्दै उनले बालेलाई आपत्तिजनक आरोप लगाए पछि माफी माग्न निर्देशन दिदै बालेनले मानन्धरलाई ७ दिने स्पष्टिकरण सोधेका थिए । ‘त्यही युवतीसँगको तस्बिर हो, प्रवक्ताज्यूले टिभिमार्फत देखाएपछि मेयरसाप अलि आत्तिएजस्तो देखियो, रिसाएको जस्तो पनि देखियो, त्यसपछि स्पष्टीकरण सोधिएको हो । मानन्धरले भनेका थिए । मानन्धरले बालेनको रिसमा बालेन आफ्नो परिवार सहित साथीहरु संग रमाएका बेला खिचिएको तस्बिरलाई दुरुपयोग गरेको खुलासा भएको छ ।
पौने एक घन्टा लामो अन्तरवार्तामा मानन्धरले बालेनको कार्यशैलीमाथि अनेक प्रश्न उठाएका छन । महानगरमा बालेनले आफ्नो निम्तिमात्रै छुट्टै लिफ्ट बनाउन लगाएकोदेखि लिएर काठमाडौंबाहिर घुमघाम गर्न जाँदा उपमेयरलाई कार्यवाहक नदिएको प्रति मानन्धरको आक्रोष पोखेका छन ्। काठमाडौं महानगरपालिकाको बिबाद यतिबेला तल्लो तह सम्मै पुगेको छ । महानगरका कर्मचारी र नगर प्रहरी बिबादको भुङग्रोमा परिरहेका छन् । एक पक्षले अर्काे पक्षलाई स्पष्टिकरण सोध्ने प्रकृया महानगरमा चलेको छ । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले स्पष्टीकरण सोधेको २ दिन मेयर बालेन्द्र साहले महानगरका प्रवक्ता तथा १७ नम्बरका वडाध्यक्ष नविन मानन्धरलाई स्पष्टीकरण सोधेका थिए । पछिल्लो समय महानगरका कर्मचारी र मेयर बालेनको बिचामा द्धन्द्ध बढ्दै गएको छ । कर्मचारी मेयर, उपमेयर बिचको टसलले अहिल्े महानगरले राम्रो संग काम गर्न सकिरहेको छैन । बिशेष गरि भन्दा महानगरले अहिले निती तथा कार्यक्रमा समेत कुनै छलफल गर्न सकेको छैन । यो समस्याको मुख्य जड प्रमुख प्रशासकिय अधिकृतलाई जबरजस्ती महानगरमा भित्राउनु हो ।