काठमाडौँ । पछिल्लो समय सरकारको तानाशाही प्रबृत्ति मौलाउदै गएको छ । यति सम्मकी सरकारको बिरुद्ध गएको भन्दै सुरक्षाका लागी खटाईएका विपक्षी दलका नेताको पीएसओ समेत खोसिएको छ । अहिले सरकार विपक्षी संग यति डराएको छ कि एउटा पिएसो समेत फिर्ता बोलाएको छ । सरकारले र राप्रपाका प्रमुख सचेतक ताथ सांसद ज्ञानेन्द्र शाही सहित तीन जनाको सुरक्षामा खटिएका प्रहरीहरुलाई सरकारले फिर्ता बोलाएको छ । यो संगै अहिले राजनितीक बृत्तमा हंगामा मच्चिएको छ । सरकारकामे कायरता यहिँ बाट प्रष्ट हुन्छ ।
अहिले भिजिट भिसा प्रकरणले गर्दा संसद अबरुद्ध छ त्यस माथी भोली राप्रपाले आन्दोलन गर्दै छ । त्यसैको भयले पिएसो समेत सरकारले फिर्ता बोलाएको छ । राप्रपाबाट संसद र समितिमा जिम्मेवारी पाएका सांसदहरुले पाउने पीएसओ हरुलाई सरकारले आज फिर्ता बोलाएको हो । प्रमुख सचेतक शाही, पूर्वाधार विकास समिति सभापति दिपक सिंह र सांसद ध्रुवबहादुर प्रधानको सुरक्षार्थ खटिएका प्रहरीलाई फिर्ता बोलाइएको राप्रपाले बताएको छ । यो भनेको राप्रपा पैति गरिएको दूब्यबहार पक्कै पनि हो । भोली राप्रपाले काठमाडौँमा बृहत आन्दोलन गर्न लागेको छ । अहिले शाही लगाएतका राप्रपा नेता त्यसको तयारीमा पनि छन् । तर, सरकारले भने बिभिन्न बाहाना बाजीमा उनीहरुकै पीएसो खोसेको हो ।
राजावादी भएकै कारण ज्ञानेन्द्र शाही लगायत नेताको पिएसो खोसीउको हो । पीएसओ फिर्ता बोलाइएपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पीएसओ हटाएको विषयमा आपत्ति नभएपनि सरकारले विभेद गरेको विषय भने निन्दनीय भएको बताए । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग भने, ‘सरकारलाई यतिमात्रै भन्छु, अति नगर्नू, अति र्गयो भने खति हुन्छ ।’ तपाईँहरूको पीएसओ किन खोसियो भन्ने प्रश्नमा उनले भने, ‘त्यो सरकारलाई नै सोध्नुहोस ।’उनले भनेका छन् । अहिले सरकार र राप्रपाको बिचमा द्धन्द्ध चलिरहेको छ । यता राजावादीहरूले १५ जेठदेखि काठमाडौंमा अनिश्नितकालीन प्रदर्शन गर्ने बताउँदै आएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्दनेले त १५ जेठदेखिको कार्यक्रम कुनै सभा नभई विद्रोह भएको बताउँदै आएका छन् । अर्कोतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिका कारण समेत १५ जेठको सुरक्षा चुनौती थपिएको छ ।
प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ । कसरी, कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ, त्यसलाई छाडिदिनुस्’ भन्ने अभिव्यक्ति दिएपछि हंगामा मच्चिरहेको छ । सुरक्षाकर्मी समेत दबाब महशुष गरिरहेका छन् । राजावादीको आन्दोलन बढेकै कारण सरकारले राप्रपाका नेताको पिएसो खोसेको प्रस्ट भएको छ ।