Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुर्गा प्रसाईको जेलबाटै भाबुक संदेश :म झुन्डिन तयार छु

दुर्गा प्रसाईको जेलबाटै भाबुक संदेश :म झुन्डिन तयार छु

काठमाडौँ । हिंसात्माक राजावादी प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंले सामाजिक सञ्जालमा एक भावुक स्टाटस लेखेका छन । उनले सबैमाझ आफु चाँडै फर्कन पनि बताएका छन ।उनले नेपाल आमा रोहिरहेको बेला।यो लडाइँ सत्ता र शक्तिको होइन यो सत्य, न्याय, र स्वाभिमानको लडाइँ हो भन्दै उनको फेसबुकमा एक लामो स्टाटस आएको छ । यो स्टाटस दुर्गा प्रसाईको फेसबुकमा दुर्गा प्रसाईका प्रमुख शोकीय सचिव माधव कल्पित लेखेका छन ।

अघि लेखिएको छ म चाँडै फर्कन्छु तपाईंहरुको माझमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा मेरो हार्दिक नमस्कार ,मलाई हजार पटक थुन शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल र दशरथ चन्द्र लाइ झुण्डाएको खरिको बोट काठमाडौंको कुलेश्वर नजिक अझै जीवित छ। त्यहाँ लगेर मलाई हजार पटक झुण्डाउ। म नेपाल र नेपाली जनता माथि तिमी अपराधिहरुले गणतन्त्रको नाममा गरेको बरबर अत्याचार, भ्रष्टाचार, तस्करी, साथै तिमीहरुले गरेको एक९एक कुकृत्य विरुद्ध बोली रहने छु, लडिरहने छु।

तिमीहरुले सर्वहारा वर्ग, भुइँमान्छे, उत्पीडित वर्ग, लघुबित्त, सहकारी, बैंकहरुबाट लिलाम गरि घरबार विहिन भइ आफ्ना व्यापार व्यवसाय बन्द गरेर मरुभूमिका देशहरुमा रोजगारी गर्न पठाएका लाखौं नेपाली युवाहरुको रेमिट्यान्समा १६ परिवार मारवाडी, १० परिवार नेपाली दलाल र दलका केही मुठ्ठीभर नेताहरु त्यसैमा मोज मस्ति गरिरहेछौ । यादगर म तिमीहरुको ज्याजती को अन्त्य गर्न आज नेपाल भित्र नेपाली खोजिरहेको छु।

नेपालमा शान्ति होस भनेर म राजा र धर्म खोजिरहेको छु। मेरो खोज व्यक्तिगत र विलासिको खोज होइन। मेरो खोजत अभाव, पीडा र दर्दमा छटपटाइ रहेका नेपाली नागरिकहरुका घाउमा मलम लगाउँदै झरेका आँसुपुछ्ने रुमाल खोज्ने खोज हो । त्यही शान्तिको खोजी र भ्रष्टचारीको खबरदारीका लागि गत चैत्र १५ गतेको सभाआयोजना भएको थियो । तिमिहरुले त्यो सभा विथोले पनि दुर्गा प्रसाइँ जस्ता लाखौं युवा र योद्धाहरुको मन बिथोलिएको छैन। त्यसैले तिनकुनेमा भएको घटनाले एउटा कुरा प्रष्ट पारेको छ—त्यो हो राष्ट्र प्रतिको माया हुने राष्ट्रवादी योद्धाहरु र राष्ट्रका सम्पूर्ण सम्पत्ति विदेशी मारवाडीलाइ जिम्मा लगाएर तिनै मारवाडी संग साझेदारी गर्ने राष्ट्रघाति दलाल नेताहरु बीच ध्रुवीकरण भएको छ। कित्ताकाट भएको छ।

अब म चाँडै बाहिर आउँदै छु। प्रतिक्षा गर्नुहोस्। मैले त सबै त्यागिसके नेपाल र नेपालीहरुका लागि। अब त उठ्नुहोस्। कति सुत्नुहुन्छरु नेपाल आमा रोहिरहेको बेला ।यो लडाइँ सत्ता र शक्तिको होइनस यो सत्य, न्याय, र स्वाभिमानको लडाइँ हो। हामीले सुतेर बिताएको हरेक क्षणमा नेपालीहरुले रुदै रुदै देश छोडी रहेछन्न । ब्युझनु होस तपाईं हामी ब्युझन ढिला भयो भने देश सबै रित्तो हुनेछ । नेपाल र नेपालीको अस्थित्व साँच्चिनै विलय भएर सकिने छ । धन्यवाद।जयराष्ट्र जय नागरिक ।