Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट   

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट   

 

काठमाडौं ,गोरखा धार्चे गाउँपालिका९१ हुलचोक बस्ने ५२ वर्षीय राजु घलेको कच्ची घरमा मंगलबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

धनकुटा, महालक्ष्मी नगरपालिका९१ कटहरे बस्ने खड्क बहादुर कटुवालको घरमा विद्युत सर्ट भई बुधबार दिउसो आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रूकुम पश्चिम, सानीभेरी गाउँपालिका९५ घापागार बस्ने धिरेन्द्र कुमार कुसारीको कच्ची घरमा बुधबार दिउसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।