काठमाडौँ । ज्ञानेन्द्र शाहको नाति हृदयेन्द्रलाई राजा बनाउने प्रस्ताब कमल थापाले गरेका छन । थापाले राष्ट्रिय सहमति भएको खण्डमा हृदयेन्द्रलाई राजा बनाउँन सकिने उनको भनाई छ । उनले भनेका छन,‘राष्ट्रिय सहमति हुन्छ भने हृदयेन्द्र शाहलाई राजा बनाऔं । उहाँ २०।२१ वर्षको हुनुभयो ।’ उनले ज्ञानेन्द्र शाहको विकल्पमा जान सकिने बताएका छन । हृदयेन्द्र लाई राजा बनाउँने बिषय ज्ञानेन्द्रले मान्नुपर्ने थापाको भनाई छ ।
उनले राजावादीहरूको वैचारिक अस्तित्व संकटमा पार्न दलहरू सक्रिय रहेको भन्दै त्यसविरुद्ध यो रियलाइजेसन महत्वपूर्ण रहेको बताए । वर्तमान सरकारले गणतन्त्रको विरोध गर्नु राज्यद्रोह हो भन्ने खालको कानुन बनाउन खोजेको थापाको भनाइ थियो ।