Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शशांक कोइरालाले ३ गाडी, सुनको रोलेक्स घडि सहित २ झोला पैसा लिएको काँग्रेस कै नेताको खुलासा

शशांक कोइरालाले ३ गाडी, सुनको रोलेक्स घडि सहित २ झोला पैसा लिएको काँग्रेस कै नेताको खुलासा

काठमाडौँ । नेपाली कांग्रेस भित्र अहिले एक पछि अर्को  प्रकरण बाहिर आउन थालेको छ । गृहमन्त्री रमेश लेखकको भिजिट भिषा प्रकरणले हंगामा मच्याएको बेला विपी पुत्र तथा पूर्वमहामन्त्री डा शशांक कोइरालाले ३ वटा गाडी, सुनको रोलेक्स घडी र २ झोला पैसा घुस वापत लिएको काँग्रेसकै नेता तथा सांसद राजेन्द्र बजगाइँले आरोप लगाएका छन्। । उनले सामाजीक सञ्जाल ट्वीटरमा लेख्दै यस्तो गम्भिर आरोप लागएका हुन् । हिजो काँग्रेको बैठकमा सांसद कोईरालाले बजगाई सहित दाजु शेखर कोईराला, र डा। सुनिल शर्मालाई स्पष्टिकरण सोभ्न सुझाब दिएका थिए ।

उनीहरुले गृहमन्त्री लेखकको बिरुद्ध बोलेको भन्दै शंशाकले कारवाहिको प्रताव गरे पछि बजगाईँ आक्रामक बनेका छन् । त्यहि आबेगमा आएर बजगाईले शंशाकमाथी गम्भिर आरोप लगाएाक हुन् । राजनीतिक नियुक्तिका लागि कोइरालाले यसरी घुस लिएको आरोप बजगाईंले सार्वजनिकरुपमा लगाएका हुन्। यसबारेमा कोइरालामाथि स्पष्टीकरण सोधिनुपर्ने बजगाईंको माग छ। उनले सामाजीक सञ्जाल एक्समा लेखेका छन् । मलाई एसयूभी उपहारहरू ९एउटा किआ, दुई महिन्द्रा०, सुनको रोलेक्स, नगदले भरिएको डफेल झोला, तथा कथित घरको मर्मतसम्भारू, वा राजनीतिक पदहरूको लेनदेनमाथि प्रश्न उठाउनु नपरोस भन्ने कामना गर्दछु तपाईंलाई अनिवार्य रूपमा स्पष्टीकरण सोधिनेछ उनले भनेका छन् । बजगाईंको खुलासासँगै पार्टीभित्रको विवाद थप बढेको छ। त्यस्तै, कांग्रेस नेता शशांक कोइरालाले पनि गृहमन्त्री लेखकको एक इन्च पनि गल्ती नरहेको टिप्पणी गरेका थिए । संस्थापन पक्षीय नेताहरुले गृहमन्त्री लेखकको राजीनामा माग्ने नेताहरुलाई स्पष्टीकरण सोध्नुपर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा शशांकको पनि संलग्नता रहेको निष्कर्ष निकाल्दै नेता राजेन्द्र बजगाईँले फायर खोलेका छन । गृहमन्त्री रमेश लेखक जोडिएको विषयलाई लिएर नेपाली कांग्रेसभित्र यतिबेला रोइलो सुरु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेताहरु गृहमन्त्री लेखकको बचाउमा उत्रिएका छन भने इतरपक्षीय नेताहरुले राजीनामा माग गरिरहेका छन । भिजिट भिसा’का नाममा सेटिङ गरेर विदेश जानेहरूबाट रकम असुल्ने गरेको आशंकामा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलसँगै सम्बन्धित निकायमा छापा मारेको थियो ।