काठमाडौँ । अनुप राजावादी भनिने भन्ने गोकर्ण शाहीले गौतमले राजावादी प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आगो लगाउन आफू पनि संलग्न रहेको बताएका छन । यतिबेला राजावादीको आन्दोलन संगै उनीपनि हिरासतमै छन् । राजाबादीको आन्दोलनमा चालक सविन महर्जन र पत्रकार रजकको ज्यान गएको थियो । महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो भने रजकको आगलागीमा मृत्यु भएको हो । गौतममाथी प्रहरीले न्यान मार्ने उद्योगमा मुद्धा चलाउनु पर्ने राय पेश गरेको छ । उनले बयानका क्रममा आगो लगाउने काममा आफु पनि संलग्न रहेको बताएका हुन् ।
उक्त आगलागीमा आफूसहित तारा राजावादी भन्ने सरोज सरोज गौतम र शिवसेनाका सदस्य दण्डपाणि रेग्मीलगायत सहभागी भएको उनले बताएका छन । एटीएफ का सदस्य तारा राजावादी भनिने सरोज गौतमले चैत १५ मा भएको राजावादी प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आफूले आगो लगाएको बयान दिएका छन ।तर, त्यहाँ भित्र पत्रकार रहेको कुरा आफुलाई थाह नपाएाके र उनको मृत्युको खबर समाचारमा मात्रै देखेको बताएका छन् । तोडफोड, आगजनी र लुटपाट भैरहेको देखेपछि गोकर्ण शाहीको हातमा रहेको लाइटर ली आगो लगाएको उनले स्वीरेका छन ।
यता राजावादी प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंका दुई बडिगार्डविरुद्ध मुद्दा नचल्ने निर्णय भएपछि रिहा भएका छन ।जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईंका बडिगार्ड दीपक खड्का र रामकुमार धिमाललाई समेत मुद्दा चलाउन सिफारिस गरेको थियो ।तर जिल्ला सरकारी वकिलको कार्यालयले भने वस्तुनिष्ठ आधार प्रमाण नदेखिएको भन्दै उनीहरुलाई मुद्दा नचल्ने निर्णय गरेको थियो । बडिगार्डद्वयसँगै ३४ जनालाई मुद्दा नचल्ने निर्णय गरिएको थियो । यो निर्णयसँगै उनीहरू आइतबार साँझ हिरासतमुक्त भएका हुन । यता काठमाडौँको कोटेश्वरस्थित भाटभटेनीमा भएको लुटपाट र तोडफोडमा ११ जनाबाट बिगो भराउन माग गरिएको छ।२०८१ चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बन्दा कोटेश्वरको भाटभटेनीमा पनि लुटपाट र तोडफोड भएको थियो।त्यस क्रममा ११ जनाले भाटभटेनीमा ८० लाख ३३ हजार १९२ रुपैयाँ बराबरको धनमाल क्षति र्पुयाएको अभियोग छ।
तर यसमध्ये २ लाख ४३ हजार ७४ रुपैयाँका सामान बरामद गरिसकेकाले अभियोग लगाइएका ११ जनाबाट ७७ लाख ८९ हजार ३१ रुपैयाँ ५२ पैसा मात्र बिगो भराउन माग गरिएको हो। उनीहरूलाई आपराधिक उपद्रवको कसुरमा प्रतिवादी बनाएर छुट्टै अभियोग दायर गरिएको छ। आइतबार दुर्गा प्रसाईसहित ५० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।