Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

खानेपानीमन्त्री यादवको सक्रियता बढ्यो,हेटौडामा बृहत शक्ति खानेपानी आयोजनाको उद्घाटन

खानेपानीमन्त्री यादवको सक्रियता बढ्यो,हेटौडामा बृहत शक्ति खानेपानी आयोजनाको उद्घाटन

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवको सक्रियता पछिल्लो समय बढ्न थालेको छ । उपत्यकाबासीमा खानेपानीको सहज पहुँच पुर्याउन उनले दिनरात मेहनत गरिरहेका छन् । उनी आए संगै उपत्यकामा खानेपानीको समस्या केहि शद सम्म समाधान भएको छ । उनले बिशेष गरि बर्खामा पनि मेलम्चिको पानी ल्याउनका लागी प्रयास गरिरहेका छन् । उनले देशमा दिगो र समावेशी खानेपानीका आयोजनाहरूलाई आगामी दिनहरूमा पनि अझ सशक्त रूपमा अगाडि बढाईने बताउनु भएको छ । मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१६ को बृहत शक्ति खानेपानी आयोजनाको उद्घाटन गर्नु हुँदै मन्त्री यादवले नेपाली नागरिकलाई सुरक्षित खानेपानी प्रदान गर्नका लागि सरकारले दिगो र समावेशी खानेपानी आयोजनाहरूलाई अझ सशक्त रुपमा अगाडि बढाउने बताउनुभयो ।यसैगरी मन्त्री यादवले स्वच्छ, सुरक्षित र पर्याप्त मात्रामा खानेपानी प्राप्त गर्नु प्रत्येक नागरिकको मौलिक अधिकार हो भन्ने मान्यताअनुसार सरकारले खानेपानी क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्दै आएको जिकिर गर्नुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले आज उद्घाटन गरिएको बृहत शक्ति खानेपानी आयोजनाले यहाँका नागरिकले शक्ति खोलाको सुरक्षित, स्वच्छ एवं शुद्ध खानेपानी प्रयोग गर्न पाउने छन भन्ने आफुले पूर्ण विश्वास लिएको बताउनुभयो । सो कार्यक्रमका विशिष्ट अथिती एवं प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले बृहत शक्ति खानेपानी आयोजना हेटौँडा लगायत आसपासका हजारौँ घरधुरीमा स्वच्छ र सुरक्षित पानी र्पुयाउने गहिरो सोच र दीर्घकालीन योजनाको मूर्तरूप भएको बताउनुभयो । खानेपानी तथा सरसफाईको दीगो विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय तीनै तहको संयुक्त प्रयास आवश्यक रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका मानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले बताउनुभयो ।

बृहत शक्ति खानेपानी आयोजना सम्पन्न भए पश्चात अब यहाँका आठ हजार ७१९ जना लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौँका प्रमुख पूर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस आयोजना हेटौडा उपमहानगरपालिका–१६ का नागरिकलाई नियमित र भरपर्दो खानेपानी उपलब्ध गराउने महत्वपूर्ण माध्यम भएको र जसले जनस्वास्थ्यमा सुधार ल्याउने अपेक्षा लिईएको छ । उक्त आयोजना कुल भ्याट, समेत रु ६ करोड ६७ लाख ६७ हजार ०६३ दशमलब ९२ को अनुमानित लागतबाट निर्माण सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा राप्रपाका नेता एवं प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंह, बागमति प्रदेशका खानेपानी, उर्जा तथा सिचाईमन्त्री श्यामबहादुर खड्का, प्रदेश सांसद प्रेमबहादुर पुलामी, हेटौँडा उपमहा नगरपालिकाका प्रमुख मीनाकुमारी लामा, खानेपानी मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य, उपमहानगरपालिका–१६ का वडाअध्यक्ष रामकृष्ण कोईराला, जनप्रतिनिधि, स्थानीयवासी लगायतको सहभागीता रहेको थियो ।