काठमाडौँ । भिजिट भिषा प्रकरणमा आफ्नै पार्टीका नेताहरु डा.शेखर कोइराला, राजेन्द्र बजगाईँ र सुनिल शर्मालाई स्पष्टिकरण सोध्ने तयारी गरेको खुले पछि डा.सुनिल शर्माले सामाजीक सञ्जालबाटै जबाफ फर्काएका छन् । उनले घुमाउरो पारामा पार्टी नेतृत्व प्रति कटाक्ष गरेका छन । उनले सामाजीक सञ्जालमा लेखेका छन् । युग परिवर्तन गर्न, सत्य र न्यायका लागि लड्न पश्चिमा दर्शनका जनक सुकरातले, हेमलट विष पिएर आधुनिक युगको प्रारम्भ गर्नुभयो। “सबैलाई चेतना भया उनले सामाजीक सञ्जालमा लेखेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसको आजको बैठकमा पार्टीका नेता डा। शेखर कोइराला, राजेन्द्र बजगाईँ र डा। सुनिल शर्मालाई स्पष्टीकरण सोध्न प्रस्ताव भएको थियो । उनीहरुलाई बोलाएर स्पष्टिकरण सोध्न सभापति शेरवहादुर देउवालाई आग्रह गरिएको डा। शशांक कोइरालाले बताएका छन । यो बिषय बाहि आए पछि शर्मा आक्रोसित बनेका हुन् । उनी काँग्रेसमा सधैँ फरक बिचार राख्दै आएका छन् ।
गृहमन्त्री रमेश लेखक माथी प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न शर्माले आग्रह गरेका थिए । यस्तै अन्य नेताले पनि यो बिषयमा कुरा उठाए पछि काँग्रेसमा हंगामा भएको छ । भापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको पदाधिकारीमा तीन नेताहरूलाई बोलाएर उनीहरु संग यस बिषयमा स्पष्टिकरण सोध्ने बिषयमा छलफल गर्ने तउारी भएको बुझिएको छ । आज मात्रै नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नरहेको निष्कर्ष निकालेको छ । आज देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले गृहमन्त्री संलग्न नरहेको निष्कर्ष निकालेको हो । बैठक राजीनामामा प्रवेश नगरेको उनको भनाइ छ । चौतर्फी दबाब बढे पछि हिजो साँझ लेखकले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवा संग भेटबार्ता गरेका थिए । पूर्वमहामन्त्री डा। शशांक कोइरालाले भने, “गृहमन्त्रीले आज जुन कुरा राख्नुभयो म छर्लंग भएँ । एक इन्च पनि उहाँले गल्ती गर्नुभएको छैन । गृहमन्त्रीको राजीनामा माग्ने पार्टीका नेताहरूलाई बोलाएर सोध्न पार्टी सभापतिलाई भनेका हौँ,’ “एकआपसमा मुठभेड गरेर कांग्रेसलाई फाइदा हुँदैन । शेखर, सुनील र राजेन्द्र बजगाईंसँग स्पष्टीकरण सोध्न भनेका छौँ उनले भनेका छन् । सुनिल शर्मा लगायतका संस्थापन ईतर समुहका नेताले लेखकमाथी सार्वजनीक रुपमै प्रश्न उठाउँदै आएका छन् । बिपक्षीदल माओवादी, रास्वपा , राप्रपाले राजीनामा माग गरिरहेका छन् । भोली संसदमा गृहमन्त्रीको बिषयमा छलफल हुदै छ । विपक्षी दलहरु ऋाक्रामक रुपमा संसदमा उत्रिदै छन् । सम्भवत उक्त प्रकरणमा गृहमन्त्रीले जवाफ दिने बुझिएको छ । यतिबेला गृहमन्त्री लेखक नैतिक संकटमा परेका छन् ।