Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेको न्यायको लागि उनकै साथी दिपक बोहराको टिमले प्रतिशोध अभियान चलाउने

रवि लामिछानेको न्यायको लागि उनकै साथी दिपक बोहराको टिमले प्रतिशोध अभियान चलाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतको पछिल्लो आदेशलाई विवेकका दृष्टिबाट अपूर्ण र अन्यायपूर्ण रहेको निष्कर्ष निकाल्दै बिज्ञप्ती जारी गरेको छ । रास्वपाले सर्वोच्च अदालतबाटै स्थापित नजिरहरुको नजर अन्दाजगरी थुनामै राख्नुपर्ने आदेश दिनु विधिको शासनप्रति आस्था राख्ने नागरिकहरुका लागि चिन्ताको विषय बनेको जिकिर गरेको छ । सहकारी ठगीको आरोप लागेका रवि यतिबेला भैरहवा कारागारमा रहेका छन । कार्यवाहक प्रवक्ता मनिष झाले सोमबार विज्ञप्ति जारी गर्दै मौलिक अधिकारसँग जोडिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सार्थक सम्बोधन नहुनु, ंबेल सुनुवाइं मा सीमित हुनपर्ने विषय मुद्दाको गुणदोषमै केन्द्रित हुन गई प्रमाण ऐन २०३१ को दफा २५ को प्रतिकूल हुने गरी प्रमाणको भार प्रतिवादीले नै बोक्न पर्ने आशय व्यक्त हुनु एवं सर्वोच्च अदालतबाटै स्थापित नजिरहरूको नजरअन्दाज गरी थुनामै राख्नुपर्ने आदेश दीनु विधिको शासनप्रति आस्था राख्ने नागरिकहरूका लागि चिन्ताको विषय बनेको उल्लेख छ।

‘सरकारद्वारा सहकारीको राष्ट्रव्यापी समस्याको समाधान नखोजी सम्बन्धित मुद्दाहरूमा चयनात्मक अभियोजन, फरक व्यवहार र समान प्रकृतिका मुद्दामा दलीय आबद्धत्ताको आधारमा विभेद भइरहेको यथार्थलाई राष्ट्रिय स्वतन्त्र पार्टीले ंराजनीतिक प्रतिशोधं को रुपमा चित्रित गर्दै आएको छ । रवि लामिछानेले संगठित अपराध गरेको नभई राज्यले नै लामिछानेमाथि संगठित अपराध गरिरहेको अभिमत आम जनतामा गड्दै गएको निष्कर्ष पार्टीको छ। दलतन्त्रको दोहन, राज्य संयन्त्रको अस्त्रीकरण लगायतका बेथिति एवं ंप्रतिशोधविरुद्ध न्यायका लागि वृहत अभियानं को अवधारणा पत्र अनुमोदन गर्दै अबका राजनीतिक मुद्दा देश९विदेशमा रहेका आम नेपालीहरूमाझ नै स्थापित गर्ने गरी अघि बढ्न रास्वपा केन्द्रीय समिति दृढ संकल्पित छ,’ विज्ञप्तिमा उल्लेख छ । साथै रास्वपाले यस अभियानका संयोजक सहकोषाध्यक्ष दीपक बोहरालाई तोकेको छ ।

गृहमन्त्री रमेश लेखक र उनको सचिवालय नै ूभिजिट भिसाू मार्फत मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भई पार्टीले यसअघि नै ूप्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छू भन्ने दृष्टान्त अनुरूप “यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको” सम्बन्धमा सदनमा यसको कार्यान्वयनका लागि आवश्यक प्रभावकारी कदम चाल्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको पनि झाले जानकारी दिएका छन । पार्टीले तेस्रो स्थापना दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गर्ने साथै यस अवसरमा पार्टीको प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहसम्म एवं प्रवासमा समेत स्वतः स्फूर्त रूपमा कार्यक्रम गर्ने रास्वपाको निर्णय रहेको छ ।