काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख विश्व अधिकारीको अध्यक्षता तथा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी परिसर, काठमाडौंको आयोजनामा ून्यायिक तथा अर्धन्यायिक निकायहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सम्बोधनका क्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलज्यूले पदिय जिम्मेवारीमा रहेका सबैले कानूनी ज्ञान राख्नुपर्ने कुरा बताउँदै प्रहरी, सरकारी तथा गैर सरकारी निकायहरु सँगसँगै सहकार्य गर्दा मात्रै न्यायिक कार्य सम्पादन सहज हुने भएकाले काठमाडौं महानगरपालिका समन्वय र सहकार्यका लागि सँधै तयार रहेको र समुदाय स्तरमा कानुनी सचेतनाका कार्यक्रमहरु अझ बढी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
न्यायिक तथा अर्धन्यायिक निकायहरुसँगको अन्तरक्रिया कार्यक्रमले कानुनी सचेतना, अनुसन्धान लगायतमा महत्वपूर्ण प्रभाव पार्ने बताउँदै प्रमुख जिल्ला अधिकारीज्यूले शान्ति, सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरीको योगदान र भूमिकाको लागि धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको समापन तथा मन्यव्यका क्रममा कार्यक्रमको अध्यक्ष समेत रहनुभएका विश्व अधिकारीले न्यायिक तथा अर्धन्यायिक निकायहरूसँग प्रहरीको सदैव सहकार्य र समन्वयकारी भूमिका रहने बताउँदै बर्दी धारी प्रहरी मात्र प्रहरी नभएर पक्राउ गर्न र थुनामा राख्नसक्ने अधिकार प्राप्त निकाय समेत प्रहरी रहेको र कसूरदारलाई पक्राउ गरी थुनामा राख्ने कार्यलाई निष्पक्ष बनाउनका लागि राज्यले प्रहरीलाई साधनस्रोत सहित सक्षम बनाउनुपर्ने तथा प्रहरी अनुसन्धान दोषी सावित गर्ने मात्र नभइ प्रमाणका आधारमा निर्दोषलाई निर्दोष कायम गर्ने कार्य समेत रहेकु हुँदा अनुसन्धान सँधै प्रभावकारी र प्रमाणमुखी हुनुपर्ने बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायधिवक्ताज्यूको विशेष आतिथ्यतामा सञ्चालन भएको उक्त कार्यक्रममा मालपोत कार्यालय, भूमिसुधार कार्यालय, नापी कार्यालय, डिभिजन वन कार्यालयका प्रतिनिधिज्यूहरु लगायत मातहतका प्रहरी कार्यलयका कार्यालय प्रमुख सहित अपराध अनुसन्धान कार्यमा संलग्न प्रहरी अधिकृत सहित २०० जनाको उपस्थिति रहेको थियो