Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

माओवादी र नेपाल समाजवादी पार्टीबिच आज एकता हुने

माओवादी र नेपाल समाजवादी पार्टीबिच आज एकता हुने

काठमाडौँ । माओवादी र नेपाल समाजवादी पार्टीबिच सोमबार आज एकता हुने भएको छ । नेसपाले आइतबार नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको थियो ।

सोमबार बिहान साढे ११ बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा एकता घोषणा कार्यक्रम रहेको बताइएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।